सेभन थ्री स्पोर्ट्सले गर्‍यो क्यानसँगको सम्झौता भङ्ग

भारतीय कम्पनी सेभन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिग आयोजनाका सम्बन्धमा नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको सम्झौता एकतर्फीरुपमा भङ्ग गरेको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्को सहमति प्राप्त नभएको कारण देखाउँदै कम्पनीले क्यानलाई आज इमेलमार्फत ‘टर्मिनेसन नोटिस’ पठाएको हो ।

गत २७ पुसमा काठमाडौँमा आयोजना भएको नेपाल टी-२० लिग तीव्र विवादित बनेको थियो । प्रतियोगिता अगाडिदेखि नै क्यान र सेभन थ्री स्पोर्टसबीच सम्झौतालाई लिएर प्रश्नहरू उठेका थिए भने प्रतियोगिताका दौरान खेलाडीको पारिश्रमिक र स्पट फिक्सिङको विवाद उब्जियो । फिक्सिङका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । फिक्सिङमा १० जना संलग्न रहेको सीआईबीले बताएको छ, जसमध्ये दुई नेपाली खेलाडी पक्राउ परेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर सङ्घले गत बिहीबार पत्रकार सम्मेलन गर्दै सेभन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको बयान दिएका थिए । उनले सम्झौता रद्द गर्ने प्रक्रियामा जाने पनि बताएका थिए । त्यसको पाँच दिनपछि सेभन थ्री स्पोर्ट्सले क्यानलाई सम्झौता भङ्ग भएको पत्र पठाएको हो ।

सेभन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहुवालीयाले क्यानलाई सम्झौता अन्त्य गरेको पत्र पठाएको पुष्टि गरे ।

नेपालको कानूनी प्रावधानअनुसार कुनै पनि खेल सङ्घले विदेशी संस्थासँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषद्को सहमति लिनुपर्छ । तर, क्यानलाई परिषद्ले सहमति नदिएको भनेर पहिल्यैदेखि सञ्चारमाध्यममा समाचारहरू प्रकाशित भएका थिए । आहुवालीया भने क्यानको विश्वास गरेर आफूहरू प्रतियोगिता आयोजना गर्न तयार भएको बताउँछन् ।

अहुवालीयाले क्यानलाई पठाइएको ‘टर्मिनेसन नोटिस’ तत्काल कार्यान्वयन हुने पनि उल्लेख गरे । तर, यदि क्यानले खेलकुद परिषद्को सहमति लिएर आएमा उसँग फेरि सहकार्य हुन सक्ने उनको भनाइ छ ।

क्यानले नेपाल टी–२० लिग आयोजनाका विषयमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षका लागि सम्झौता गरेको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]