यसरी पुग्नेछ नेपाल एसिया कपको सेमिफाइनलमा…

काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले युएईलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो । आफ्नो पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले एसिया कपको ईतिहासमा नै पहिलो जित हात पार्यो ।

आईतबार बेलुका नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपाली टोली यस खेललाई ऐतिहासिक बनाउँन चाहन्छ । यो खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल प्रवेश गर्न चाहन्छ । नेपाल फाइनलमा पुग्ने समिकरण स्पष्ट रहेको छ । आईतबार दिउसो हुने खेलमा भारतले युएईलाई पराजित गर्ने र साँझ नेपालले पाकिस्तानलाई पराजित गरेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।

यदी आजको खेलमा पराजित भए पनि नेपालले सेमिफाइनल प्रवेशको अवसर भने गुमाउँने छैन । मंगलबारको खेलमा युएईले पाकिस्तानलाई पराजित गर्ने र नेपालले भारतलाई पराजित गरेमा नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।

नेपालले शुक्रबार युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कप ईतिहासको पहिलो जित दर्ता गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]