शाह आलमको हयाट-ट्रिकमा खुकुरीको जित

shah alam
  • विकेटनेपाल भैरहवा, ४ चैत ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी जिल्लास्तरीय शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगितामा शुक्रबार भएको समूह ‘ए’को पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालाई १ सय ९ रनले हराउँदै विजयी भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी खुकुरीले र्निधारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । जसमा कप्तान अन्तिम थापाले ६५ र शंकर रानाले २५ रनको योगदान दिए । बलिङमा बुद्धका लागि सन्दीप साहनीले ३ विकेट लिएका थिए ।

प्रतिउत्तरमा मैदान छिरेको बुद्धले १६ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै ५० रनमा अलआउट भई हार बेहोर्यो । जसमा दिपेश झाले १७ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा टिम धरासायी बन्यो । बुद्धलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी खुकुरीका साह आलमले ह्याट्रिक गर्दै ५ विकेट लिएका थिए । आलम म्यान अफ द म्याच समेत घोषित भए l

Shah Alam
Shah Alam

त्यस्तै शुक्रबारै भएको समूह ‘बी’ को पहिलो खेलमा वेगटर्न क्रिकेट क्लब बुटवलले ज्ञानोदय क्रिकेट क्लब करहियालाई ८ विकेटले हराउँदै विजयी हासिल गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको ज्ञानोदयले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । जसमा लक्ष्मण खत्रीले ३० र निशान्त शर्माले २२ रन बनाए । वेष्टर्नका लागि शौरभ खनालले २ विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको वेष्टर्नले १४ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा १ सय १३ रन बनाई सहजै जित निकाल्यो । जसमा खेलको म्यान आफ द म्याच समेत रहेका शौरभ खनालले नटआउट ८४ र सन्दीप सुनारले १७ रन बनाए ।

शनिबारको पहिलो खेल समूह ‘सी’ अन्तर्गत रहेका एपेक्स क्रिकेट क्लब शंकरनगर र देवदह क्रिकेट युनिट देवदहबीच हुनेछ भने दोस्रो खेल समूह ‘डि’ मा रहेका श्री शिवशक्ति क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच हुनेछ।

प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५÷५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ ।

प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]