आलमको प्रदर्शनमा लुम्बिनी खुकुरी क्लब सेमीफाइनलमा

shah alam
  • विकेटनेपाल, भैरहवा, २७ माघ ।

रुपन्देही भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गत बिहीबार भएको समूह ‘ए’ को अन्तिम खेलमा देवदह क्रिकेट युनिट ‘देवदह’लाई ८ विकेटले हराउँदै लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया विजयी भएको छ।

जितसँगै लुम्बिनी खुकुरी सेमिफाइनलमा प्रवेश गरेको छ भने देवदह अर्को वर्षका लागि रेलिगेशन बचाउँदै डिभिजन ‘ए’ मै कायम रहेको छ l समुह ‘ए’ बाट शंकरनगर यसअघिनै रेलिगेशनमा पर्दै डिभिजन ‘बी’मा घटुवा भइसकेको छ l

खराब मौसमका कारण ४० ओभरबाट ३५ ओभरमा झारी खेलाइएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले २८.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९६ रनको योगफल तयार गरेको थियो। देवदहलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी खुकुरीका शाह आलमले ४, इकलाल अहम्मदले २ विकेट लिए । देवदहका लागि सुमनराज पाण्डे ३०, रोशन गौतम र प्रवित पाण्डेले समान १८/१८ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

प्रतिउत्तरमा सामान्य लक्ष्य पाएको लुम्बिनी खुकुरीले १६.१ ओभरमा एक विकेटको क्षतिमा ९७ रन बनाउँदै विजयी हासिल गर्यो । जसमा यस अघिको खेलमा ८० रन प्रहार गरेका हालै यु–१९ विश्वकप खेलेका शंकर रानाले नटआउट ५१, विजय सुनारले नटआउन २३ र कप्तान अन्तिम थापाले १४ रन बनाए । बलिङमा देवदहका लागि सरगम चौधरीले एक विकेट लिएका थिए ।

खुकुरीका शाह आलम म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत २८ गते शुक्रबार समुह बीको अन्तिम खेलमा प्रोफेसनल मास्टर्स–११ भैरहवा र एपेक्स क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुनेछ । रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५÷५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]