शाहब आलमको ५ विकेट मदतले खुकुरी सेमीफाइनलमा

shahab alam
  • विकेटनेपाल, भैरहवा, १९ फागुन ।

लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ। भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बुधबार भएको डिभिजन ‘ए’ को समूह (डि) को खेलमा खुकुरीले बुम एमसिसी क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गरी सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

एक सय ४ रनको लक्ष्यसहित मैदान प्रवेश गरेको खुकुरीले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमा १ विकेटको क्षतिमा १ सय ४ रन बनाउँदै लक्ष्य भेट्टायो । उसको जितमा प्रज्वल थापाले नटआउट ३३, अन्तिम थापाले नटआउट २७ र मिर्नाल गुरुङले २४ रन बनाए । बलिङमा बुम एमसिसीका रमेश कुर्मीले १ विकेट लिए।

शाहब आलम

यसअघि स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित खेलमा ३३ ओभर ४ बल खेल्दै १ सय ३ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि संदीप केसीले २३, अमर मिश्राले १६ र अनिल जैसवारले १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा टिमले हार व्यहोर्यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका खुकुरीका साहब आलमले ५ विकेट लिए। यस्तै राहुल चौहानले ३ विकेट लिए।

आइतबार समूह (ए) मा रहेका ज्ञानोदय क्रिकेट क्लब करहिया र शंकरनगर क्रिकेट क्लब शंकरनगरबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र अर्घाखाँची सिमेन्ट प्रालिले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]