T20WC : सर्वाधिक विकेटकर्ता शाकिब प्रतियोगिताबाटै बाहिर

टि-ट्वान्टी विश्वकप इतिहासकै सर्वाधिक विकेटकर्ता तथा युएईमा जारि टि-२० विश्वकपको सर्वाधिक विकेटकर्ता बंगलादेशका शाकिब अल हसन प्रतियोगिताबाटै बाहिर भएका छन्।

ह्यास्ट्रिंग इन्जुरीका कारण बंगलादेशका स्टार अलराउण्डर हसन प्रतियोगिताबाट बाहिर भएका हुन्। वेस्टइन्डिजसंगको खेलमा फिल्डिंगको क्रममा उनको देब्रे खुट्टामा समस्या देखिएको थियो। ‘ग्रेड १’ चोट रहेकोले उनि सुपर-१२ चरणको बाँकी खेल खेल्न सक्नेछैन् भने बंगलादेशको नोभेम्बरमा हुने पाकिस्तान सिरिजमा खेल्ने पनि अनिश्चित भएको छ।

जारी विश्वकपमा उत्कृस्ट लयमा रहेका ३४ वर्षीय हसनले ६ खेलमा ११ विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सुचीमा श्रीलंकाका वानिन्दु हसरंगा संगै शिर्ष स्थानमा छन्। ब्याटिंगमा समेत हसनले ६ खेलमा १४१ रन बनाउदै छैठौं सर्वाधिक हुन्। टि-२० विश्वकप इतिहासमा हसन ३१ खेलमा ४१ विकेट लिंदै सर्वाधिक विकेटकर्ता हुन्।

हसनले राम्रो प्रदर्शन गरेता पनि प्रतियोगिताको सुपर-१२ चरणमा बंगलादेशको प्रदर्शन भने कमजोर रहेको छ। सबै तिन खेलमा पराजित भएको बंगलादेशको सेमीफाइनल पुग्ने सम्भावना लगभग समाप्त भैसकेको छ। दुवै खेल जितेको खण्डमा पनि अन्य टिमको प्रदर्शनको आधारमा मात्र बंगलादेशको झिनो आशा बाँकी छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]