शंकर रानाको उत्कृस्ट ब्याटिंगमा खुकुरीको जित

  • विकेटनेपाल, भैरहवा, १९ माघ

यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका शंकर रानाले उत्कृस्ट इनिंग खेलेपछि नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तरगत ‘ए’ डिभीजनको समुह ‘ए’ अन्तर्गत बुधवार भएको पहीलो खेलमा लुम्विनी खुकुरी क्लव बेलहीया बिजयी भएको छ।

शंकरनगर क्रीकेट क्लवलाई १ सय २ रनको फराकीलो अन्तरले हराएको खुकुरी गत बर्षको उपविजेता टिम हो जसले अब सेमीफाईनलमा पुग्न समुह ‘ए’ अन्तर्गत अझ एक खेल जित्नु पर्नेछ ।

टस जितेर ब्याटिंग गरेको खुकुरीले निर्धारीत ४० ओभरको खेलमा ३६.२ ओभरमा २१३ रन बनाई सबै विकेट गुमायो l २१४ रन लक्ष पछ्याउन मैदान छिरोको शंकरनगर २८.४ ओभरमा १ सय १२ रनमै अल आउट भएपछि खुकुरीले सहजै जित हात पार्यो ।

खुकुरीका लागि खेलको म्यान अफ द म्याच समेत बनेका शंकर रानाले सर्बाधिक ८० तथा कप्तान अन्तीम थापाले ५५ रन बनाए । बलिंगतर्फ शंकरनगरका सुनिल पौडेलले ४, धिरज शाही, दिपु यादवले २/२ विकेते हात पारे l शंकरनगरका लागि लक्की पाण्डेले सर्ब्धिक ४६ र जितेन्द्र साहनीले १९ रन बनाए। खुकुरीका साह आलमले ३, लाल बहादुर अधीकारीले २ विकेट हात पारे l

रुपन्देही क्रीकेट सघंको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीवार मास्टर-११ भैरहवा र करहीया क्रीकेट क्लव करैया बिच प्रतिस्पर्धा हुने छ। भैरहवा स्थित शिद्धार्थ रंगशालामा जारी प्रतियोगीता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy