शंकर रानाको उत्कृस्ट ब्याटिंगमा खुकुरीको जित

shankar rana
  • विकेटनेपाल, भैरहवा, १९ माघ

यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका शंकर रानाले उत्कृस्ट इनिंग खेलेपछि नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तरगत ‘ए’ डिभीजनको समुह ‘ए’ अन्तर्गत बुधवार भएको पहीलो खेलमा लुम्विनी खुकुरी क्लव बेलहीया बिजयी भएको छ।

शंकरनगर क्रीकेट क्लवलाई १ सय २ रनको फराकीलो अन्तरले हराएको खुकुरी गत बर्षको उपविजेता टिम हो जसले अब सेमीफाईनलमा पुग्न समुह ‘ए’ अन्तर्गत अझ एक खेल जित्नु पर्नेछ ।

टस जितेर ब्याटिंग गरेको खुकुरीले निर्धारीत ४० ओभरको खेलमा ३६.२ ओभरमा २१३ रन बनाई सबै विकेट गुमायो l २१४ रन लक्ष पछ्याउन मैदान छिरोको शंकरनगर २८.४ ओभरमा १ सय १२ रनमै अल आउट भएपछि खुकुरीले सहजै जित हात पार्यो ।

खुकुरीका लागि खेलको म्यान अफ द म्याच समेत बनेका शंकर रानाले सर्बाधिक ८० तथा कप्तान अन्तीम थापाले ५५ रन बनाए । बलिंगतर्फ शंकरनगरका सुनिल पौडेलले ४, धिरज शाही, दिपु यादवले २/२ विकेते हात पारे l शंकरनगरका लागि लक्की पाण्डेले सर्ब्धिक ४६ र जितेन्द्र साहनीले १९ रन बनाए। खुकुरीका साह आलमले ३, लाल बहादुर अधीकारीले २ विकेट हात पारे l

रुपन्देही क्रीकेट सघंको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत बिहीवार मास्टर-११ भैरहवा र करहीया क्रीकेट क्लव करैया बिच प्रतिस्पर्धा हुने छ। भैरहवा स्थित शिद्धार्थ रंगशालामा जारी प्रतियोगीता फागुन ४ गते सम्म सचांलन हुने छ । प्रतियोगीताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्त खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानल दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]