शास्त्रीलाई प्रतिस्थापन गर्दै भारतको मुख्य प्रशिक्षकमा द्रविड नियुक्त

भारतीय क्रिकेट टिमका पूर्वकप्तान राहुल द्रविड भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ४८ वर्षीय द्रविडले रभी शास्त्रीको ठाउँ लिनेछन्।

युएईमा जारि टि-ट्वान्टी विश्वकप पछि द्रविडले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। भारतले नोभेम्बर १७ तारिख देखि घरेलु मैदानमा न्युजिल्यान्ड बिरुद्ध तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय र दुईवटा टेस्टको सिरिज खेल्नेछ जसबाट द्रविडको जिम्मेवारी सुरु हुनेछ।

“बिसीसीआई राहुल द्रविडलाई भारतीय सिनियर पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा स्वागत गर्दछ। राहुल खेलको महान खेलाडी पनि हुन् जसको खेलाडी करियर शानदार थियो। उनले यस अघि नेसनल क्रिकेट एकेडेमीको ( एनसीए ) मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।” भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) का अध्यक्ष सौरभ गांगुलीले बिसीसीआईद्वारा जारि बिज्ञप्तिमार्फत बताएका छन्।

“राहुलले एनसीएमा रहंदा थुप्रै युवा प्रतिभाहरुलाई निखारेका छन् जसले देशको लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गरिसकेका छन्। म आशावादी छु कि उनको नियुक्ति पछि भारतीय क्रिकेटले नयाँ उचाई हाँसिल गर्नेछ।” गांगुलीले बताएका छन्।

द्रविडले विगतमा भारतीय अन्डर-१९ क्रिकेट टिमको सन् २०१६ र २०१८ विश्वकपमा प्रशिक्षण सम्हालेका थिए। त्यसपछि उनले २०१९ सम्म एनसीएमा रहंदा भारतको ए टिमको पनि निगरानी गरेका थिए। उनि यसै वर्ष शिखर धवन नेतृत्वको टिमले श्रीलंका भ्रमण गर्दा टिमको प्रशिक्षक रहेका थिए।

“भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त हुन पाउनु मेरो लागि गर्वको विषय हो र म यो भूमिकाको लागि उत्साहित छु। रभी शाश्त्रीको प्रशिक्षणमा टिमले निकै राम्रो गरेको छ र मलाई विश्वास छ कि टिमलाई अघि लैजान सक्नेछु।” नियुक्ति पछि द्रविडले बताएका छन्।

द्रविडले भारतको लागि १९९६ देखि २०१२ सम्म १६४ टेस्ट, ३४४ एकदिवसीय र एउटा टि-२० खेलेका थिए जुन क्रममा क्रमशः १३,२८८, १०,८८९ र ३१ रन बनाएका थिए।

भारतीय पूर्व क्रिकेटर रभी शास्त्रीले सन् २०१७ मा प्रशिक्षण सम्हालेपछि भारत अस्ट्रेलियामा टेस्ट सिरिज जित्ने पहिलो टिम बन्न पुगेको थियो। भारतले २०१८/१९ र २०२०/२१ मा अस्ट्रेलियालाई उसैको घरमा टेस्ट सिरिजमा पराजित गरेको थियो। उनको प्रशिक्षणमा भारत वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल पुग्न सफल रह्यो भने भारतले  घरेलु भूमिमा कुनै पनि टेस्ट सिरिजमा हार बेहोरेन।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]