बिशाल जित सहित शिवशक्ति सेमीफाइनलमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल- भैरहवा, १ फागुन 

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी जिल्लास्तरीय सुपर लिगमामा आइतबार भएको समूह डीको अन्तिम खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले बुटवल ११ क्रिकेट क्लब बुटवललाई १० विकेटले हराउँदै विजयी भएको छ।

जितसँगै शिवशक्ति सेमिफइनलमा प्रवेश गरेको छ भने बुटवल ११ रेलिगेशनमा पर्दै बी डिभिजनमा घटुवा भएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको बुटवल ११ ले निर्धारित ४० ओभरको खेलमा २१.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन बनाएको थियो । जसमा प्रथम पराजुलीले ११ रन मात्र बनाए भने अन्य ब्याट्सम्यान दोहोर अंक बटुल्न नसक्दा टिम धरासायी बनेको थियो। शिवशक्तिका लागि अख्तर हुसेनले ५, कृष्ण कार्की र दुर्गेश कुर्मीले समान २/२ विकेट लिएका थिए।

प्रतिउत्तरमा मैदान छिरेको शिवशक्तिले ६.१ ओभरमा ४२ रन बनाउँदै सहजै जित हासिल गर्यो। शिवशक्तिका लागि अनिल थापाले नटआउट २० तथा अन्तर्राष्ट्रिय खेलाडी बसन्त रेग्मीले नटआउट १६ रन बनाएका थिए। खेलको म्यान अफ द म्याच शिवशक्तिका अख्तर हुसेन घोषित भए।

आजको खेलसँगै लिग चरणका सबै खेल सकिएका छन् भने सोमबार देखि सेमिफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ । सोमबार लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र वेष्टर्न क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै मंगलबार एपेक्स क्रिकेट क्लब शंकरनगर र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]