बिशाल जित सहित शिवशक्ति सेमीफाइनलमा : रुपन्देही सुपर लिग

  • विकेटनेपाल- भैरहवा, १ फागुन 

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी जिल्लास्तरीय सुपर लिगमामा आइतबार भएको समूह डीको अन्तिम खेलमा शिवशक्ति क्रिकेट क्लब भैरहवाले बुटवल ११ क्रिकेट क्लब बुटवललाई १० विकेटले हराउँदै विजयी भएको छ।

जितसँगै शिवशक्ति सेमिफइनलमा प्रवेश गरेको छ भने बुटवल ११ रेलिगेशनमा पर्दै बी डिभिजनमा घटुवा भएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको बुटवल ११ ले निर्धारित ४० ओभरको खेलमा २१.५ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन बनाएको थियो । जसमा प्रथम पराजुलीले ११ रन मात्र बनाए भने अन्य ब्याट्सम्यान दोहोर अंक बटुल्न नसक्दा टिम धरासायी बनेको थियो। शिवशक्तिका लागि अख्तर हुसेनले ५, कृष्ण कार्की र दुर्गेश कुर्मीले समान २/२ विकेट लिएका थिए।

प्रतिउत्तरमा मैदान छिरेको शिवशक्तिले ६.१ ओभरमा ४२ रन बनाउँदै सहजै जित हासिल गर्यो। शिवशक्तिका लागि अनिल थापाले नटआउट २० तथा अन्तर्राष्ट्रिय खेलाडी बसन्त रेग्मीले नटआउट १६ रन बनाएका थिए। खेलको म्यान अफ द म्याच शिवशक्तिका अख्तर हुसेन घोषित भए।

आजको खेलसँगै लिग चरणका सबै खेल सकिएका छन् भने सोमबार देखि सेमिफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ । सोमबार लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र वेष्टर्न क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै मंगलबार एपेक्स क्रिकेट क्लब शंकरनगर र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy