सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

क्यानले बिहीबार हाल भारतको गुरुग्राममा उपचार गरिरहेका लोहनीलाई सहयोग गर्ने निर्णय गरेको हो।

‘लोहनी हालसम्म उपचाररत रहेको जानकारी प्राप्त हुन आएको हुँदा निज खेलाडीलाई औषधी उपचारको लागि यस संघबाट थप पाँचलाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ,’ क्यानले भनेको छ।

मधेश प्रदेश क्रिकेट संघको आयोजनामा २०८० जेठ १५ देखि २६ सम्म उक्त प्रतियोगिता जनकपुरमा सञ्चालन भएको हो। उक्त प्रतियोगिता नसकिँदै अर्थात १९ गते गण्डकी प्रदेशका अमृत गुरुङले प्रहार गरेको बललाई ‘बाउन्ड्री लाइन’ मा रोक्नेक्रममा उनले घुँडाको गम्भीर चोट बोकेका हुन्।

हालसम्म उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको छ। अब अझै यही हाराहारीमा थप खर्च लाग्ने उनको अनुमान छ। यसअघि क्यानले उनलाई एक लाख रुपैयाँ राहत रकम दिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy