सिता प्रतियोगिताकै उत्कृस्ट

Sita Rana Magar

नेपाली राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान सिता राना मगर आईसीसी टि-ट्वान्टी विश्वकप छनोट ( एसिया क्षेत्र ) प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भएकी छिन्।

देब्रे हाते ओपनिंग ब्याटर तथा देब्रे हाते स्पिनर सिताले प्रतियोगितामा ५ खेलमा १०० रन बनाउनुको साथै ६ विकेट समेत हात पारिन्।

प्रतियोगितामा सिताले पहिलो खेलमा हंगकंगसंग अविजित ४० रन, दोश्रो खेलमा भुटानसंग १७ रन, तेश्रो खेलमा कुवेतसंग ० रन, चौंथो खेलमा मलेसियासंग ३० रन तथा पाँचौ खेलमा युएईसंग १३ रन प्रहार गरेकी थिईन्। भुटानसंग ३ विकेट लिंदा युएई, मलेसिया र हंगकंगसंग समान एक विकेट लिएकी थिईन्।

प्रतियोगितामा नेपाल हंगकंग र आयोजक युएईसंग पराजित हुँदै ६ अंक सहित अंकतालिकाको तेश्रो स्थानमा रहंदा टि-२० विश्वकप ग्लोबल छनोटमा छनोट हुन असफल रह्यो। प्रतियोगिताको सबै ५ खेल जित्दै युएई ग्लोबल छनोट खेल्न छनोट भयो। ८ अंक सहित हंगकंग दोश्रो स्थानमा रह्यो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]