बलात्कार आरोपमा श्रीलङ्काली ब्याट्सम्यान गुनाथिलाका पक्राउ

विश्वकप खेल्न अस्ट्रेलिया पुगेका श्रीलङ्काली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन्।

क्रिकइन्फोका अनुसार एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार पक्राउ परेका हुन्।

गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटेलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो। प्रहरीका अनुसार रोज बेमा बुधबार गुनाथिलाकाले एक २९ वर्षीया महिलामाथि यौन दुर्व्यवहार गरेका थिए । ती महिलाको उजुरी पछि थप छानबिन गर्न ३१ वर्षीय धनुष्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ।

‘महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए। त्यसपछि बुधबार साँझ उसले यौन दुर्व्यवहार गरेको आरोप महिलाले लगाएकी छन्’, न्यू साउथ वेल्स प्रहरीले भनेको छ।उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन्।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलङ्काका खेलाडीहरू उनी बिना नै आज स्वदेश फर्किएका छन्। अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेस गर्ने प्रहरीले जनाएको छ। गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अस्ट्रेलियामै रहेका थिए। सुपर १२ बाट बाहिरिएको श्रीलङ्काको टोली उनी बिना नै आइतबार बिहान स्वदेश प्रस्थान गरेको छ।

नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलङ्काका लागि ८ टेस्ट, ४७ एक दिवसीय र ४६ टी-२० खेलेका छन्। धनुष्काले अहिलेसम्म ८ टेस्ट खेलमा १८.६९ को औसतमा कुल २९९ रन बनाएका छन्। यस्तै ४७ ओडिआई खेलेका उनले ४६ इनिङमा ३५.५८ को औसतमा कुल १६०१ रन बनाएका छन्। यस क्रममा उनको ब्याटले २ शतक र ११ अर्ध शतक पनि प्रहार गरेको थियो।

यस्तै उनले ४६ टी-२० खेलका ४५ इनिङ्समा १६.४७ को औसत र १२०.४९ को स्ट्राइक रेटमा कुल ७४१ रन बनाएका छन्। धनुष्काको नाममा टी–२० मा ३ अर्ध शतक पनि छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]