श्रीलंकामाथी बंगलादेशको जित

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको पन्ध्रौं खेलमा बंगलादेशले श्रीलंकामाथि जित निकालेको छ ।

अमेरिकाको डालसमा प्रतियोगिताको पहिलो खेलमा नै जित निकाल्ने क्रममा बंगलादेशले २ विकेटको जित हात पारेको हो ।

श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ औं ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका लागि टोहिद हृदयले २० बलमा १ चौका र ४ छक्काको सहयोगमा ४० रन बनाए । लिन्टन दासले ३८ बलमा ३६ रन बनाए ।

श्रीलंकाका लागि नुवान तुषाराले चार तथा वानिन्दु हशरंगाले दुई विकेट लिए । मथिशा मथिराना र धनन्जय डा शिल्भाले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

श्रीलंकाका लागि ओपनर पथुम निशंकाले २८ बलमा ४७ तथा धनन्जय डा शिल्भाले २६ बलमा २१ रन बनाए ।

बंगलादेशका लागि रिशद होसेन र मुस्ताफिजुर रहमानले समान तीन तीन तथा तस्कीन अहमदले दुई विकेट लिए ।

पहिलो खेलमा जितसँगै बंगलादेश दुई अंकका साथ समूह डी को तेस्रो स्थानमा छ । दुई खेलमा अंक बिहीन श्रीलंका समूह डी मा पाँचौ स्थानमा छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]