मोन्टरियल बिरुद्ध सन्दिपको राम्रो कम्ब्याक, विन्नीपेगलाई पछि पार्दै चौथो भयो टोरोन्टो

ग्लोबल टि-२० लिग क्यानडा अन्तर्गत आफ्नो पाँचौ खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टो नेसनल्सले दोश्रो जित हाँसिल गरेको छ।

सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेपछि टोरोन्टो अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। सोमपाल कामिको टिम विन्नीपेग हक्सको पनि ५ खेलमा २ जित र ३ हार रहेता पनि नेट रन रेटको आधारमा टोरोन्टो माथि रहेको छ।

सबै टिमले ५/५ वटा खेल खेलेपछि ग्लोबल टि-२० लिगको लिग चरणको खेलहरु सकिएको छ र अब प्लेअफ चरणको खेलहरु मंगलबार देखि सुरु हुनेछ।

अब प्रतियोगिताको दोश्रो चरणको खेलमा अंकतालिकाको शिर्षस्थानमा रहेको ब्राम्पटनले छैठौं स्थानको टिम एडमोन्टन रोयल्ससंग, दोश्रो स्थानको टिम भानकुभर नाइट्सले पाँचौ स्थानको टिम विन्नीपेग हक्ससंग तथा तेश्रो स्थानमा रहेको टिम मोन्टरियल टाइगर्सले चौथो स्थानको टिम टोरोन्टो नेसनल्ससंग खेल्नेछ। ३ वटा खेल सम्पन्न भएपछि अंकतालिकामा उत्कृस्ट ४ टिम प्ले-अफ चरण प्रवेश गर्नेछ।

अब सोमपालको टिम विन्नीपेगले भोलि मंगलबार राति २:१५ बजे भानकुभरसंग र टोरोन्टोले  बुधबार राति १०:१५ बजे मोन्टरियलसंग खेल्नेछ।

सन्दिपको राम्रो कमब्याक 

पहिलो खेलमा १ विकेट लिए पनि महँगो सावित भएका नेपाली स्पिनर सन्दिप लामिछानेले दोश्रो खेलमा भने राम्रो कमब्याक गरे। सन्दिपले ब्राम्पटन बिरुद्ध ४४ रन खर्चेर १ विकेट लिएका थिए जुन उनले अन्तर्राष्ट्रिय टि-२० लिगमा गरेको महँगो मध्येको स्पेल थियो।

टोरोन्टोले टस जितेर बलिंग रोजेपछि ब्याटिंग गरेको मोन्टरियल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर मात्र १३६ रन बनाउन सक्यो। उसको लागि कायल कोट्जरले सर्वाधिक २६ रन बनाए। दिनेश चण्डीमाल ५, जर्ज बेली १५, थिसरा परेरा १७ रन बनाएर आउट भए।

टोरोन्टोको बलिंगमा क्रिस ग्रिन र सलमान नजरले २/२ विकेट लिए। सन्दिप लामिछाने, जेरेमी गोर्डन र मिचेल म्याकलेनघनको नाममा १/१ विकेट रह्यो।

सन्दिपले मोन्टरियालका विकेटकिपर ब्याट्सम्यान म्याथु क्रसको विकेट लिए। स्कटल्याण्डका म्याथु ९ रनको स्कोरमा एलबिडब्लु शिकार भए।

Sandeep
Sandeep Lamichhane

सन्दिपको स्पेल 

इनिंगको छैठौं ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा ७ रन खर्चिएका थिए। त्यसओभरमा कोट्जरले एउटा चौका हिर्काए। त्यसपछि सातौँ ओभरमा पुनः सन्दिपले ७ रन खर्चिए जुन ओभरमा पनि कोट्जरले एउटा चौका हिर्काए। १४ औं ओभरमा तेश्रो ओभर गरेका सन्दीपले ओभरमा मात्र ५ रन खर्चिए। १६ औं ओभरमा बलिंग गर्ने क्रममा पहिलो बलमै सन्दिपले म्याथु क्रसलाई गुगलीमा एलबिडब्लु आउट गरे। त्यस लगत्तै बलमा डील्लन हेलिगरले सन्दिपलाई डिप-मिड विकेट माथि छक्का प्रहार गरे। त्यसपछि भने सन्दिपले कसिलो बलिंग गरे र ओभरमा ९ रन खर्चेर १ विकेट लिए।

४ ओभरमा सन्दिपले २८ रन खर्चेर १ विकेट लिए र मोन्टरियललाई सानो योगफलमा समेट्न महत्वपूर्ण योगदान दिए।

क्रिस ग्रिन खेलको उत्कृस्ट खेलाडी चुनिए

मोन्टरियलले दिएको १३७ रनको लक्ष्य टोरोन्टोले १७.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। टोरोन्टो ओपनर चिराग सुरीले सर्वाधिक ५२ तथा क्रिस ग्रिनले अविजित ३० रन बनाए। युभराज सिंह ब्याटिंगका दौरान ढाडको दुखाइका कारण रिटायर्ड हर्ट भए जसले खाता खोल्न सकेका थिएनन्।

खेल हेर्न पुगेका नेपाली समर्थकहरु

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]