सोनु तामांगको विस्फोटक ब्याटिंग : खुकुरी-देबिबास सुपर ८

Sonu Tamang
  • विकेटनेपाल- चैत्र १६ 

खुकुरी देबिबास सुपर-८ क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाल पुलिस क्लब, स्टर्म ब्राण्ड, नागार्जुन क्रिकेट क्लब, टिप टप र लर्ड बुद्ध बिजयी भएका छन् l

त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदानमा सम्पन्न आजको चौथो खेलमा सोनु तामांगले विस्फोटक ब्याटिंग गरेपछि टिप-टपले एनएसजेएफ माथि सहज जित हाँसिल गर्यो l

तामांगले ७ बलमा ४१ रनको इनिंग खेल्ने क्रममा ४ वटा अठ्ठा र २ वटा चौका प्रहार गरेपछि टिप-टपले ७ ओभरको इनिंगमा १ विकेट नोक्सानीमा १५९ रन बनाएको थियो l टिप-टपको लागि प्रकास बिस्टले ३६ रन बनाए l जवाफमा ब्याटिंग गरेको एनएसजेएफले ४३ रन मात्रै बनाएपछि टिप-टपले १०९ रनको विजय हात पार्यो l

आजै सम्पन्न खेलमा नेपाल पुलिस क्लबले टिकापुर क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्यो l पुलिसले पहिले ब्याटिंग गर्दै बनाएको ९५/५ को जवाफमा टिकापुरले ५७/३ मात्रै बनाउन सक्यो l पुलिस ब्याट्सम्यान अमित श्रेष्ठ र सिद्धान्त लोहनीले अविजित क्रमशः २४ र १४ रन बनाए l

यस्तै आजको दोश्रो खेलमा स्टर्म ब्रान्ड एक्टिभेसनले भीएम वारियार्सलाई २ विकेटले पराजित गर्यो l भीएमले दिएको ६४ रनको लक्ष स्टर्मले ६ विकेट गुमाई पुरा गर्यो l स्टर्म ब्रान्डको लागि सुबास खकुरेलले अविजित २३ तथा रबिन जोशीले अविजित १९ रन योगदान दिए l भीएम वारियर्सका किरण बुढाथोकीले अविजित २० रन बनाएका थिए l

आजकै तेश्रो खेलमा नागर्जुन क्रिकेट क्लबले केबिएच नेपाललाई ६ विकेटले पराजित गर्यो l ललित राजबंशीले ५ रन खर्चिदै २ विकेट लिएपछि नागार्जुनले केबिएचलाई पहिओ इनिंगमा ४६/७ मा रोक्यो l ४७ रनको लक्ष २ विके गुमाउदै नागार्जुनले पुरा गर्यो जसमा रोशन बुडालले २० रनको योगदान दिए l

बुधबारको अन्तिम खेलमा लर्ड बुद्ध क्रिकेट क्लबले टिकापुर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्यो l टिकापुरले पहिले इनिंगमा बनाएको ८३/१ को जवाफमा ब्याटिंग गरेको लर्ड बुद्धले लक्ष ४ विकेट गुमाउदै पुरा गर्यो l लर्डबुद्धका अभिराज यादबले ४१ रनको योगदान दिए l टिकापुरका रबिन्द्र जंग शाही र राजन भट्टराईले समान २८/२८ रनको योगदान दिए l

नेपालमै पहिलो पटक सुपर-८ क्रिकेट आयोजना भएको हो l प्रत्येक इनिंग ७-७ ओभरको हुने खेलमा अन्य खेलमा छक्का मानिने रनलाई ८ रन मानिने गरिन्छ l

१२ टोलिले सहभागिता जनाएको प्रतियोगिता खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा संचालन भएको हो l चैत १५ देखि सुरु भएको प्रतियोगिता १९ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुने छ l

 

( फिचर फोटो : सोनु तामांग , फाइल )





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]