महिला प्रम कप : सुदूरपश्चिमद्वारा गण्डकी सहजै पराजित

दाङको लमहीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतिमा ४८ रन मात्र बनाउन सक्यो।  स्कोरकार्ड , अंकतालिका 

गण्डकीको कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् भने कुनै पनि बाउन्ड्री समेत प्रहार गर्न सकेनन्। उसको लागि सृस्टि पौडेलले सर्वाधिक ८ रन बनाईन् भने, ज्योत्स्निका मरासिनीले ६ तथा कुसुम गोदारले ५ रन बनाईन्।

सुदुरपश्चिमको बलिंगमा सुनिता लुहारले २ तथा कविता कुँवर, ऋतु कनोजिया र लक्ष्मी साउदले समान १ विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको सुदुर पश्चिमले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०७ रन बनाएको थियो।

सुदुरपश्चिमको लागि ओपनर रेवती धामीले सर्वाधिक २७ रन बनाईन्। बिन्दु रावलले १३, मंजु बोकटिले १० तथा कप्तान ऋतु कनोजियाले अविजित ७ रन बनाईन्। गण्डकी प्रदेशले अतिरिक्तको रुपमा ३२ रन खर्चियो।

एक समय ८४ रनमा मात्र ३ विकेट गुमाएको सुदुरपश्चिमले थप २३ रन जोड्दा बाँकी ७ विकेट गुमाउन पुग्यो।

गण्डकीको बलिंगमा अलिशा लामिछाने र सृस्टि पौडेलले समान ३ विकेट हात पारिन्। यस्तै अन्जली बिश्वकर्मा, कुसुम गोदार र ज्योस्निका मरासिनीको नाममा १/१ विकेट रह्यो।

समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा आजै प्रदेश-१ र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को विजेताको रुपमा एपीएफ तथा उपविजेताको रुपमा लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]