सप्तरी प्रिमियर लिग : दिपेशको ह्याट्रिकमा तिरहुट टाइगर्स विजयी, तिलाठी कोइलाडीको पहिलो जित

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुईवटा खेलमा सनराइज एघार तिलाठी कोइलाडी र तिरहुट टाइगर्स विजयी भएका छन्।

आजको पहिलो खेलमा सनराइज एघार तिलाठी कोइलाडीले बलान बिहुल सुपर किंग्सले १० विकेटले पराजित गर्यो। बलान बिहुलले दिएको ५१ रनको लक्ष्य सनराइज एघारले ३ ओभरमै भेटायो। वर्षाको कारण ढिला सुरु हुँदा खेल ५ ओभरमा घटाइएको थियो।

लक्ष्य पछ्याउने क्रममा सनराइज तिलाठी कोइलाडीका ओपनर तृत राज दासले आक्रामक ब्याटिंग गर्दै मात्र १४ बलमा ४२ रन बनाए। प्लेयर अफ द म्याच घोषित दासले १ चौका र ६ छक्का प्रहार गरे। बिनोद भण्डारीले ४ बलमा १ छक्का मद्दतले ८ रन बनाए।

टस जितेर ब्याटिंग गरेको बलान बिहुलले ५ ओभरमा ४ विकेट गुमाएर ५० रन बनायो। उसको लागि ओपनिंग गरेका कप्तान बिबेक यादवले ३२ रन योगदान दिए। १२ बलमा यादवले ४ छक्का प्रहार गरे। तुल बहादुर थापाले १० तथा सन्तोष कार्कीले ५ रन योगदान दिए। तिलाठी कोइलाडीको बलिंगमा तृत राज दासले २ तथा अभिषेक तिवारीले १ विकेट लिए।

आजको दोश्रो खेलमा तिरहुट टाइगर्सले राजविराज राजदेवी एघारलाई ७७ रनले पराजित गर्यो।

तिरहुट टाइगर्सले दिएको १८० रनको लक्ष्य पछ्याएको राजविराज राजदेवीले १३.५ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो।

टाइगर्सको जितमा देब्रे हाते स्पिनर दिपेश कंडेलले ह्याट्रिक विकेट सहित ५ विकेट आफ्नो नाम गरे। कंडेलले ४ ओभरमा १६ रन खर्चिए। प्लेयर अफ द म्याच घोषित कंडेलले इनिंग्सको नवौं ओभरको पहिलो, दोश्रो, तेश्रो तथा चौंथो बलमा लगातार विकेट लिए। यस्तै अर्का देब्रे हाते स्पिनर बसिर अहमदले ३ तथा रुपेश सिंह र अनिल यादवले १/१ विकेट लिए।

राजविराज राजदेवीको ब्याटिंगमा श्रवन यादवले सर्वाधिक ३७ तथा हिमांशु दत्ताले १८ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको तिरहुट टाइगर्सले निर्धारित १८ ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो।

तिरहुटको लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। ओपनर अमित यादवले ६३ रन बनाए जुन क्रममा ४१ बलमा १ चौका र ८ छक्का प्रहार गरे। यस्तै छैठौं नम्बरमा ब्याटिंग गरेका अभिषेक कार्कीले २७ बलमा २ चौका र ७ छक्का मद्दतले ६१ रन बनाए। रुपेश सिंहले १९ तथा अनिल यादवले १३ रन बनाए।

राजविराज राजदेवी एघारको बलिंगमा रिजन ढकाल, रंजित कुमार र श्रवण यादवले समान २ विकेट लिए।

प्रतियोगिताको अंकतालिकामा छिन्नमस्ता लायन्स, तिरहुट टाइगर्स र कन्चनरुप राइनोज समान ४ अंक सहित नेट रन रेटको आधारमा पहिलो, दोश्रो र तेश्रो स्थानमा छन्। २/२ अंक सहित राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी चौंथो र पाँचौ तथा जितविहिन बलान बिहुल सुपर किंग्स पुछारमा छ।

प्रतियोगिता अन्तर्गत छैठौं दिन बुधबार पनि दुई खेल हुनेछन्। विहान ९:३० बजेको खेलमा कन्चनरुप राइनोज र राजविराज राजदेवी एघार तथा दिउँसो १:३० बजेको खेलमा छिन्नमस्ता लायन्स र बलान बिहुल सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्। राउण्ड रोबिन लिग अन्तर्गत संचालन हुने लिग अन्तर्गत सबै टिमले एक अर्कासंग १/१ खेल खेलीसकेपछि समुहको शिर्ष-४ टिम बीच प्ले-अफमा प्रतिस्पर्धा हुनेछ।

सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]