सप्तरी प्रिमियर लिगको प्ले-अफ समीकरण पुरा : बिनोद भण्डारी प्रेरित तिलाठी कोइलाडी प्ले-अफ पुग्ने चौंथो टिम

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत लिग चरणको सबै खेलहरु सकिएसंगै प्ले-अफ समीकरण पनि पुरा भएको छ।

५ खेल पछि ८ अंक सफित छिन्नमस्ता पहिलो, ७ अंक सहित तिरहुट टाइगर्स दोश्रो, समान ७ अंक भएता पनि नेट रन रेट कन्चनरुप राइनोज तेश्रो तथा ६ अंक सहित सनराईज तिलाठी कोइलाडी चौंथो स्थानमा रहेर प्ले-अफ प्रवेश गर्न सफल भयो।

प्रतियोगिताको पहिलो क्वालीफायर शनिवार छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीच हुनेछ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ। यस्तै शनिवारनै इलिमीनेटरमा कन्चनरुप राइनोज र सनराईज तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन्। इलिमीनेटरको विजेता टिमले पहिलो क्वालीफायरमा पराजित हुने टिमसंग दोश्रो क्वालीफायरमा प्रतिस्पर्धा गर्नेछ जुन खेलको विजेता टिम फाइनल प्रवेश गर्नेछ। दोश्रो क्वालीफायर आइतबार तथा फाइनल खेल सोमबार खेलिनेछ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न आजको पहिलो खेलमा तिरहुट टाइगर्सले बलान बिहुल सुपर किंग्सलाई ९० रनले पराजित गर्यो। तिरहुटले दिएको १८५ रनको लक्ष्य पछ्याएको बलान बिहुलले १४.५ ओभरमा ९४ रनमा सबै विकेट गुमायो।

बलान बिहुलको लागि साहब आलमले सर्वाधिक ३९ रन, पप्पु यादव र सौरभ झाले समान १४ रन योगदान दिए। तिरहुटको बलिंगमा अनिल यादव र अभिषेक कार्कीले समान ३ विकेट लिए। अनिलले ३ ओभरमा १० रन तथा अभिषेकले ३ ओभरमा मात्र ५ रन खर्चिए। रुपेश सिंहले २ तथा दिपेश कंडेल र बसिर अहमदले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको तिरहुट टाइगर्सले निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १८४ रन बनायो।

टाइगर्सको लागि बसिर अहमदले आक्रामक अर्धशतकीय पारि खेले। राष्ट्रिय क्रिकेटर समेत रहेका उनले ३२ बलमा ४ चौका र ७ छक्का प्रहार गरे। यस्तै अमित यादवले मात्र १८ बलमा ४८ रन बनाए जुन क्रममा ४ चौका र ५ छक्का प्रहार गरे। रुपेश सिंहले १५ बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ३० रन तथा शंकर रानाले १७ बलमा ३ चौका मद्दतले १८ रन बनाए।

बलिंगतर्फ बलान बिहुलका बब्बु गोठीयाले २ तथा शाहब आलमले १ विकेट लिए।

आजको दोश्रो खेलमा राजविराज राजदेवि एघारले सनराईज तिलाठी कोइलाडीलाई ७ विकेटले पराजित गर्यो।

प्ले-अफ चरण पुग्न जित्ने पर्ने खेलमा राजबिराज राजदेवी एघारले दिएको १९० रनको लक्ष्य तिलाठी कोइलाडीले १६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

तिलाठी कोइलाडीको लागि बिनोद भण्डारीले सर्वाधिक ६९ रन योगदान दिए। प्लेयर अफ द म्याच समेत घोषित भण्डारीले ४४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। यस्तै रोबिन सिंहले ३४, बिशाल सुश्लिंगले २९, नारायण जोशीले अविजित २३ तथा तृत राज दासले १९ रन योगदान दिए। राजविराज राजदेवीको बलिंगमा श्रवन यादव र राजनीत कुमारले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको राजविराज राजदेवी एघारले २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनायो।

राजविराजको लागि हिमांशु दत्ता र श्रवन यादवले अर्धशतकीय योगदान दिए। हिमांशुले ४६ बलमा ३ चौका र ५ छक्का तथा श्रवनले ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। दिलिप नाथले ३२ तथा मुकेश यादवले १५ रन बनाए। बलिंगतर्फ सनराईज तिलाठी कोइलाडीका बिशाल सुश्लिंगले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। नारायण जोशीले २ तथा धिरिज कुमार मण्डलले १ विकेट लिए।

जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]