धमला, कार्की र दास चम्किंदा तिलाठी कोइलाडी सप्तरी प्रिमियर लिगको फाइनलमा 

जित्ने पर्ने खेलमा राजविराज ब्रदर्शलाई पराजित गर्दै सुनिल धमला कप्तानीको तिलाठी कोइलाडी  जायन्ट्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करणको फाइनल पुगेको छ।

बुधबार ११ बजे सुरु हुने फाइनलमा उपाधिको लागि जायन्ट्सले टिभीएस किंग्स राजविराजसंग प्रतिस्पर्धा गर्नेछ। राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्स जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोर्दै ६/६ अंक बटुले। लिग चरणको समाप्तिमा टिभीएस किंग्स राजविराज, बजाज खडक वारियर्स र राजविराज ब्रदर्श क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा रहे।

राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा तिलाठी कोइलाडीले दिएको १३६ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले १८.२ ओभरमा १०५ रन मात्र बनायो। ब्रदर्शको लागि निरज कुमार यादव र सोनु तामांगले समान २४ रन तथा विकास दासले १६ रन योगदान दिए।

तिलाठी कोइलाडीको बलिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै सुनिल धमलाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवन कार्कीले २ तथा रोहन विश्वकर्माले १ विकेट लिए।

Sunil Dhamala

टस जितेर ब्याटिंग गरेको तिलाठी कोइलाडी जायन्ट्सले २० ओभरमा ८ विकेट क्षेतीमा १३५ रन बनाएको थियो।

जायन्ट्सको लागि बिकाश दासले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।अविशेक कार्कीले २४ र सुनिल धमलाले २० रन योगदान दिए। ६९ रनमा ७ विकेट गुमेको अवस्थामा विकासले आठौँ विकेटको लागि अविशेकसंग ६२ रनको साझेदारी गरे।

राजविराज ब्रदर्शका बलर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन खर्चिए। विक्रम धोज कार्की र प्रशान्त सिंहले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिकाश दास घोषित भए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]