दोश्रो दिन सहिद स्मारक र निस्ट बिजयी : युनिभर्सिटी क्रिकेट कप

  • विकेटनेपाल, चैत २३ 

स्पन्सर युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको दोश्रो दिन सहिद स्मारक कलेज र निस्ट कलेज बीजयी भएका छन् l

त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा सम्पन्न बुधबारको पहिलो खेलमा निस्ट कलेजले पाटन मल्टिपल क्याम्पसलाई ११० रनले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो l

टस हारेर पहिले ब्याटिंग गरेको निस्टले पहिलो इनिंगमा २० ओभर ब्याटिंग गर्दै १८२/५ को स्कोर खडा गर्यो l निस्टका ओपनर द्वय बिपिन आचार्यले ५२ ( ५१ बल , ७ चौका ) तथा सोहन यादबले ५१ ( २५ बल , ३ चौका , १ छक्का ) प्रहार गर्दै ओपनिंग साझेदारीको रुपमा १२० रन जोडेका थिए l यस्तै बिबेक राना मगरले पनि ४४ रन ( २२ बल, ७ चौका , १ छक्का ) प्रहार गरेका थिए l

जवाफमा पाटन मल्टिपलले ७२ रनमै सबै विकेट गुमायो l प्रदिप परियारले ४ ( ३-०-१६-४ ) तथा सुमित झाले ३ विकेट लिंदै पाटनलाई सस्तोमा समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए l पाटनका निर्मल लुइँटेलले सर्बाधिक २१ रन बनाए l बलिंग तर्फ पनि १ विकेट लिएका बिपिन आचार्य खेलको म्यान अफ द म्याच घोषित भए l

यस्तै टियु मैदानमा सम्पन्न दोश्रो खेलमा पाटन एकेडेमी अफ हेल्थलाई सहिद स्मारक कलेजले ६ विकेटले पराजित गर्यो l

पहिले ब्याटिंग गर्दै पाटनले बनाएको ११६ रनको योगफल सहिद स्मारकले १९ औ ओभरमा ४ विकेट नोक्सानीमा पुरा गर्यो l पहिलो इनिंगमा सहिद स्मारकका देब चलाउनेले ३ विकेट हात पारेका थिएय् भने पाटनका मनिष यादबले ३३ तथा नृपेश राज गिरिले २९ रन बनाए l

दोश्रो इनिंगमा लक्ष पछ्याउने क्रममा ओपनर नबिन शर्माले ३४ रन बनाए भने सगर लम्सालले अविजित २४ रन योगदान दिंदै टिमलाई लक्ष पार गराए l खेलको म्यान अफ द म्याच देब चलाउने घोषित भए l

स्पन्सर स्पोर्ट्स ड्रिंकको मुख्य प्रायोजन रहेको प्रतियोगिता युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गरेको हो l २२ चैत देखि सुरु भएको प्रतियोगिता २९ चैत सम्म चल्नेछ l प्रतियोगितामा १२ टोलिले सहभागिता जनाएका छन् l

भोलिको खेल :-  

९ बजे : सेन्ट लरेन्स Vs शंकर देब
१२:३० बजे : कसमस Vs एनसीसी

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]