श्रीलंकाद्वारा टि-२० सिरिज पनि कब्जा

sri lanka bangladesh
  • विकेटनेपाल, फाल्गुन-७ सोमबार 

बंगलादेश र श्रीलंका बीचको  दोश्रो  टि-२० अन्तर्राष्ट्रियमा श्रीलंका ७५ रनले बिजयी भएको छ। यस जितसंगै श्रीलंकाले टि-२० शृंखला २-० को नतिजाले आफ्नो नाममा पारेको छ | यसअघि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र टेस्ट सिरिज श्रीलंकालेनै जितेको थियो | टि-२० अन्तर्राष्ट्रियमा यो बंगलादेशको पछिल्लो १३ खेलमा १२ औं हार हो |

स्याईलहेत अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाउंदै २१० रन बनाएको थियो | श्रीलंकाका लागि कुशल मेन्डिसले ७० ( ६ चौका, ३ छक्का) रनको शानदार पारी खेले | त्यसैगरी  धनुश्का गुनाथालिकाले ४२ , थिसारा परेराले  ३१, दसुन शनाकाले ३० र उपुल थरंगाले  २५ रनको योगदान गरे | बंगालदेशका लागि बलिंगतर्फ अबु जायेद मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दीन र सौमयु सरकारले समान १-१  विकेट चट्काए |

कुशल मेन्दिस

२११ रनको विशाल लक्ष पछ्याउन उत्रिएको बंगलादेशले १८.४ ओभरमा सबै विकेट गुमाउदै १३५ रनमात्र बनाउन सक्यो र ७५ रनले पराजित भयो ।

बंगालदेशका लागि कप्तान मह्मुदुल्लाहले सर्भाधिक ४१ रन जोडे | ३१ बलको सामना गरेका मह्मुदुल्लाहले ४ चौका र १ छक्का प्रहार गरेका थिए |त्यसैगरी ओपनर तमिम इक्बालले २९, मोहम्मद सैफुद्दीनले २० र मेहेदी हसनले ११ रनको योगदान गरे भने अन्य कुनै पनि ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन् | दोश्रो पारीमा ८ जना बलर प्रयोग गरेको श्रीलंकन टोलीका लागि थिसारा परेरा बाहेक सबैले विकेट लिएका थिए जसमा शेहान मदुशंका र धनुस्का गुनाथालिकाले सर्भाधिक २-२ विकेट लिए भने बाकी सबै बलरले १-१ विकेट हात पारे |

दोश्रो खेलमा ४२ बलमा ७० रनको उत्कृष्ट पारी खेल्दै शृंखलामा २ अर्ध शतक प्रहार गर्न सफल कुशल मेन्डिस प्लेयर अफ दि म्याचका साथै प्लेयर अफ द सिरिज घोषित भए |

प्लेयर अफ  दि म्याच र प्लेयर अफ द सिरिज का साथ कुशल मेन्डिस

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]