शिव पौडेल स्मृति क्रिकेटको फाइनल माघ १६ गते त्रिवी मैदानमा

  • विकेटनेपाल , माघ ५ 

चितवनमा भएको चौथो शिव पौडेल स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेटको फाइनल खेल आगामी माघ १६ गते हुने भएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि भिडन्त सहिद दिवसको अवसर पारेर कीर्तिपुरस्थित त्रिवी मैदानमा गर्ने जनाएको हो ।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाईको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा काठमाडौंका दुई कलेज सीसीआरसी कलेज र हार्ट लन्ड एकेडमी भिड्ने छन् । सेमिफाइनलमा सीसीआरसीले कृषि तथा वन विश्वविद्यालय, रामपुर र हटल्याण्डले गे्रस वीरेन्द्रलाई पाखा लगाउदै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा १२ टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेताल ट्रफी, प्रमाण–पत्रसहित २ लाख ६८ हजार ९ सय २ तथा उपविजेताले ट्रफी, प्रमाण–पत्रसहित १ लाख ३५ हजार ९ सय २ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद १५ हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५–५ हजार प्राप्त गर्नेछन् ।

सम्बन्धित लिंक 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]