लुइसले विस्फोटक ब्याटिंग गर्दा सेन्ट किट्सको पहिलो जित

रोमान्चक खेलमा बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सले करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० मा पहिलो जित दर्ता गरेको छ।

यस अघि ३ खेलमा सेन्ट किट्स पराजित भएको थियो। चौथो खेलमा बार्बेडोसको पनि यो तेश्रो हार हो। बार्बेडोस तालिकामा पाँचौ र सेन्ट किट्स छैठौं स्थानमा रहेको छ। समान २ अंक रहेता पनि जमैका नेट रन रेटमा अघि रहँदै चौथो स्थानमा छ।

अंकतालिका 

लुइसको विस्फोटक ब्याटिंग 

खेलमा बार्बेडोसले दिएको १५२ रनको लक्ष्य सेन्ट किट्सले मात्र ३ बल बाँकी रहंदा ४ विकेट गुमाएर पुरा गरेको हो।

सेन्ट किट्सको लागि ओपनर इभिन लुइसले जारि सिपिएलकै सर्वाधिक रन बनाउने क्रममा ८९ रन बनाए। उनले ६० बलमा २ चौका र ९ छक्का प्रहार गरे। यस्तै बेन डंकले अविजित २२ रन, दिनेश रामदिनले २० तथा क्रिस लिनले १६ रन बनाए।

अन्तिम ओभरमा जितको लागि १३ रन आवस्यक रहंदा ओभरको दोश्रो र तेश्रो बलमा लगातार २ छक्का प्रहार गर्दै बेन डंकले खेल जिताएका थिए। उनले २२ रन बनाउन ११ बलमा १ चौका र २ छक्का प्रहार गरे।

बार्बेडोसको बलिंगमा कायल मायर्सले सर्वाधिक २ विकेट तथा कप्तान जेसन होल्डर र राशिद खानले समान १/१ विकेट लिए।

बार्बेडोसको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको बार्बेडोसले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन बनाएको थियो। उसको लागि कोरे एन्डरसनले सर्वाधिक ३१ रन बनाए। यस्तै शाइ होपले २९, यशले नर्सले २५, जोन्सन चार्ल्सले २४ तथा कायल मायर्सले २२ रन बनाए।

पहिलो विकेटको लागि चार्ल्स र होपले ५० रनको साझेदारी गरेपछि बार्बेडोसले लगातार विकेट गुमाएको थियो। पाँचौ विकेटको लागि नर्स र एन्डरसनले ५६ रनको साझेदारी गरेका थिए।

सेन्ट किट्सको बलिंगमा जोन रस जग्गेसरले २ विकेट लिन ४ ओभरमा १७ रन मात्र खर्चिए। सोहेल तन्बिर, अल्जारी जोसेफ, रायद इम्रिट र इमरान खानले समान १ विकेट लिए।

लिग अन्तर्गत बुधबार बिहान ३:१५ बजे सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले गायना अमेजन वारियर्ससंग प्रतिस्पर्धा गर्नेछ।

यो पनि पढ्नुस :-

CPL T20 : सन्दिपको टिम जमैकाको चौथो खेल गायना बिरुद्ध ( सम्पूर्ण जानकारी )

६ सयौं विकेट लिंदै एन्डरसनको नयाँ विश्वकीर्तिमान

टुट्न मुस्किल छ आईपीएलका यी ८ रेकर्ड

क्यानको साधारणसभा स्थगित, महिला क्रिकेटरहरुको पनि कोरोना बिमा

IPL 2020 : सर्वोत्कृष्ट बलिंग आक्रमण भएको ३ टोली

क्रिकेटरहरुको २०१९ को तलब १० हजार बढ्ने, पढ्नुस कुन श्रेणीको खेलाडीको कति छ तलब

सन्दिपले मुजिबलाई दिए उत्कृस्ट बलिंगको श्रेय, कारण यस्तो

इरफानले बनाए विदाई नपाएका ११ खेलाडीहरुको सुची, भारतीय टिमसंग विदाई खेल आयोजना गर्न माग

इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजको लागि पाकिस्तान टिमको घोषणा





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]