स्टरलिंगको आक्रामक शतक, आयरल्याण्डद्वारा जिम्बाब्वे पराजित

ओपनर पल स्टरलिंगले करियरकै पहिलो शतक बनाउदा भ्रमण टोलि जिम्बाब्वेलाई तेश्रो खेलमा ४० रनले पराजित गर्दै आयरल्याण्डले ५ खेलको सिरिजमा २-१ को अग्रता हाँसिल गरेको छ।

ब्रेडी क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा आयरल्याण्डले दिएको १७९ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले १८.२ ओभरमा १३८ रन मात्र बनाउन सक्यो। उसको लागि कप्तान क्रेग इर्भिनले ३३, रायन बर्लले २६ रन योगदान दिए। आयरल्याण्ड बलर मार्क अडेरले सर्वाधिक ३ विकेट लिंदा जोशुवा लिटल, शेन गेटकेट र बेन्जामिन व्हाइटले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा २ विकेट क्षेतीमा १७८ रन बनाएको थियो। ओपनर पल स्टरलिंगले करियरकै पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा मात्र ७५ बलमा ८ चौका र ८ छक्का मद्दतले अविजित ११५ रन बनाए। उनि आयरल्याण्डको लागि टि-२० अन्तर्राष्ट्रिय शतक बनाउने केभिन ओ ब्रायन पछि दोश्रो ब्याट्सम्यान पनि बनेका छन्।


स्टरलिंगले दोश्रो विकेटको लागि एन्ड्रयु बालबर्नीसंग ७७ रनको तथा तेश्रो विकेटको लागि शेन गेटकेटसंग ६९ रनको साझेदारी गरे। जिम्बाब्वे बलर लुक जोंग्वे र रायन बर्लले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल जिम्बाब्वेले ३ रनले जितेको थियो भने दोश्रो खेल आयरल्याण्डले ७ विकेटले जितेको थियो। सिरिज अन्तर्गत चौथो र पाँचौ खेल सेप्टेम्बर २ र ४ तारिखमा खेलिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]