सुदूरमाथि बागमतीको जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेकाे छ।

बागमतीले तेस्रो खेलमा जितको स्वाद चाखेको हो। सुदूरको भने यो तेस्रो हार हो।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको बामगतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४७ ओभरमा अलआउट हुँदै २११ रन बनायो।

सुदूरपश्चिमका लागि ओपनर ब्याटर टेक रावतले सर्वाधिक ४५ रन बनाए। उनले ८८ बलमा ३ चौका प्रहार गरे।

निश्चल क्षेत्रीले १४, किरण ठगुन्नाले २१, राहुल भण्डारीले २६ रन बनाउँदा कप्तान नारायण जोशीले ३९ रन बनाउँदै रिजन ढकालको बलमा बोल्ड भए। शेर मल्लले १४ रनमा अविजित रहे।

बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले समान ४–४ विकेट लिए। प्रतिश जिशीले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको बागमतीका लागि ओपनर आशुतोष घिरैया र तेस्रो क्रमका ब्याटर शुभ कन्साकरले अर्धशतकीय पारीले खेलेका हुन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy