सुनिल धमलाको अलराउण्ड प्रदर्शनमा पुलिस विजयी :आरपीएल टि-२०

  • विकेटनेपाल, असोज १८

रौतहटमा जारि रौतहट प्रिमियर लिग ( आरपीएल ) टि-२० अन्तर्गत समुह ‘बि’ अन्तर्गत पाचौं दिनमा सम्पन्न खेलमा नरेश बुढाएरको ब्याटिंग तथा बलरहरुको किफायती बलिंगको मद्दतमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेक्सस क्रिकेट एकेडेमीलाई ४० रनले पराजित गरेको छ।

त्यस्तै आजै भएको दोश्रो खेलमा सुनिल धमलाले अलराउण्ड प्रदर्शन तथा अमित श्रेष्ठले अर्धशतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले महाकाली क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गरेको छ।

किफायती बलिंगमा ग्रेट हिमालयको जित

पहिलो खेलमा टस हारेर पहिले ब्याटिंग गरेको वाईवाई ग्रेट हिमालय क्रिकेट एकडेमीले म्यान अफ द म्याच घोषित नरेश बुढाएरको ३० रन तथा रितेश सिंहको २९ रनको मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १५२ रनको योगफल तयार पारेको थियो। यस्तै अभिषेक बस्नेतले २२ र   सुशान्त तिमिल्सिनाले अविजित १४ रन बनाए।

बलिंगतर्फ नेक्सस क्रिकेट एकेडेमीका लागि हेमन्त थापा क्षेत्री र अर्जुन गिरिले समान ३/३ विकेट लिन क्रमशः २६ र ३१ रन खर्चे भने बिशाल पौडेल र सौगात भट्टराईको नाममा १/१ विकेट रह्यो।

जवाफमा लक्ष्य पछ्याएको नेक्ससले महेश रानाको ३२ रन (१९ बल, ५ चौका, १ छक्का) को मद्दतमा १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११२ रन बनाउन सक्यो। यस्तै पारस लामिछानेले १७, बिशाल पौडेल र टेक बहादुर सलामीले समान १४ रन बनाए।

नेक्ससलाई सस्तैमा समेट्न हिमालयका लागि समान २/२ विकेट लिने क्रममा अनिल खरेलले ९, सुशान श्रेष्ठले १५ तथा बिक्रम सोब र सोनु तामांगले समान २० रन खर्चे।

सुनिल धमलाको अलराउण्ड प्रदर्शनमा पुलिस बिजयी

टस हारेर पहिले ब्याटिंग गरेको नेपाल पुलिस क्लबले अमित श्रेष्ठको ५६ रन (५५ बल, ८ चौका, १ छक्का) तथा सुनिल धमलाको ३५ रन (४० बल, ४ चौका, १ छक्का) को मद्दतमा १४५ रन बनाउन २० ओभरमा ७ विकेट गुमाएको थियो। त्यस्तै योगेन्द्र कार्कीले १३ तथा अभिनास कर्णले अविजित ११ रन बनाएका थिए।

बलिंगतर्फ महाकाली क्रिकेट एकेडेमीका लागि कृष्ण कार्कीले ४ विकेट लिनेक्रममा ४ ओभरमा ३४ रन खर्चिएपनि जितको लागि पर्याप्त भएन। त्यस्तै अभिनास बोहरा र अमरसिंह रौटेलाले १/१ विकेट लिए।

जवाफमा लक्ष्य पछ्याएको महाकाली क्रिकेट एकेडेमीले मिनस थापाको ३८ रनको बाबजुत २० ओभरमा ८ विकेट १०३ रनमात्र बनाउन सक्यो। उसलाई सस्तैमा   समेट्न म्यान अफ द म्याच घोषित सुनिल धमलाले ३ विकेट लिन १७ रन खर्चे भने योगेन्द्र कार्कीले २, मन्जीत श्रेष्ठ र प्रेम तामांगले १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]