सुनिलको अर्धशतक मदतले लुम्बिनी कसाई बिजयी

  • विकेटनेपाल- भैरहवा, ३ फागुन ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’ अन्तर्गत बिहीबार भएको खेलमा लुम्बिनी कसाई क्रिकेट क्लब लुम्बिनीले गोलपार्क क्रिकेट क्लब बुटवलमाथि २ विकेटको जित निकालेको छ।

जितका लागि गोलपार्कले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी कसाईले निर्धारित ४० ओभरको खेलमा ८ विकेट गुमाई १ सय ४९ रन बनाउँदै जित निकाल्यो। उसको जितमा म्यान अफ द म्याच समेत रहेका सुनिल धवलले नटआउट ६१ रनको योगदान दिए भने सुजित खनालले २३ र धु्रव कुर्मीले २० रन बनाए। बलिङमा गोलपार्कका सुरज थापा र संदीप बश्यालले समान ३/३ विकेट लिए।

यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै गोलपार्कले निर्धारित खेलमा ३४ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ४५ रनको योगफल तयार गरेको थियो । उसका लागि अरविन सारुले ७४, विनोद पाण्डेले २० र विक्रम मगरले १९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी कसाईका रुपेश कुर्मी र अहम्मद हुसेनले समान ३/३ विकेट लिए भने अंकित शर्माले २ विकेट लिए।

शुक्रबार साई ग्लोबल क्रिकेट क्लब भैरहवा र बुटवल युथ क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा जिल्लाका २१ क्लबको सहभागिता छ । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्नेछ।यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन्। नेपाल टेलिकमले मुख्य प्रायोजक रहेको सुपर लिगमा बुम रेमिट्यान्स र नेपाल अम्बुजा सिमेन्टले सहप्रायोजन गरेका छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्नेछ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]