सन्नीको विस्फोटक इनिंग, बिराटनगर पराजित हुँदा महेन्द्रनगर प्ले-अफमा

धनगढी प्रिमियर लिगको सातौँ दिनको दोश्रो खेलमा सिवाईसी अत्तरियाले बिराटनगर किङ्ग्सलाई १० रनले पराजित गरेको छ। पराजयसंगै बिराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।

आजको जितपछि अत्तरियाले ४ खेलमा ३ जित र १ हार सहित ६ अङ्क बनाउँदै अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ। अर्को बिराटनगर भने ५ खेलमा १ मात्र जित निकाल्दा २ खेल बर्षाले प्रभावित भएपछी ४ अंक सहित पाचौं  स्थानमा रहँदै प्रतियोगिताको समापन गरेको छ। यो संगै प्ले अफमा पुग्ने ४ टोलीको टुंगो लागेको छ।

काठमाण्डौ ४ खेलबाट ७ अङ्कसहित पहिलो स्थानमा रहँदै प्ले अफमा पुग्दा अत्तरियापनि समान ४ खेलबाट ६ अंक बटुल्दै अर्को चरणमा प्रवेश गर्यो। रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाइटेड समान ५ खेलबाट क्रमश: ६ र ४ अंक सहित अंकतालिका को तेस्रो र चौथो स्थानमा पुगेका छन्।

मंगलबार दिउसो १ बजे सुरु हुने सिवाइसी अत्तरिया र काठमान्डौ गोल्डेन्स बिचको खेलले पहिलो र दोश्रो स्थानमा रहने टिमको टुंगो लाग्नेछ। पहिलो र दोश्रो स्थानमा रहने टिमले सिधा पहिलो क्वालीफायरमा स्थान बनाउनेछन् र क्वालिफायरको विजेता टिमले फाइनलमा सिधा स्थान बनाउन सक्नेछ।

बिराटनगर १० रनले पछि पर्यो

खेलमा पहिले ब्याटिंग गर्दै अत्तरियाले दिएको १४९ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रनको योगफल बनाउन सक्यो।

विराटनगरको लागि आसिफ शेखले ३९ रनको पारि खेले। ३४ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गर्दा दोश्रो विकेटको लागि हरिशंकर शाहसँग २९ रनको साझेदारी गरेका थिए। शाह ७ रन (१० बल) मा आउट भए।

यसअघि पहिलो विकेटको रुपमा आउट हुनुअघि असद उल्लाह खानले पारिकै पहिलो ओभरमा भुवन कार्कीलाई २ छक्का सहित १३ रन प्रहार गर्दै अन्तिम बलमा आउट भएका थिए।

शेखले पृथु बास्कोटासङ्ग चौथो विकेटको लागि ३१ रनको साझेदारी गरे। त्यसपछि बास्कोटाले पाचौं विकेटको रुपमा आउट हुनुअघि अभिनास यादवसँग २६ रनको साझेदारी गरे। बास्कोटा २७ रन (२६ बल, ४ चौका) मा आउट भए।

आवश्यक रन रेट धेरै भएपछी ठुलो स्कोर हिर्काउने चक्करमा अभिनास यादव (१४ रन), करण केसी (१२ रन) र कुशल भुर्तेल (३ रन) छिट्टै आउट भए। अन्त्यमा संसाद शेख (७ रन) र किशोर महतो (८ रन) अविजित रहे।

Prithu Baskota
Prithu Baskota

अन्तिम ४ ओभरमा बिराटनगरलाई जितको लागि ४२ रन आवस्यक थियो जुन अवस्थामा दिपेन्द्र रावतले १७ औं ओभर बलिंग गर्दै मात्र ४ रन खर्चेर अभिनाश यादबको विकेट लिएका थिए। ३ ओभरमा ३८ रन आवस्यक रहेको बेला सन्नी पटेलले बलिंग गर्दै ५ रन मात्रै दिए। अन्तिम २ ओभरमा जित्न ३३ रन अवास्यक रहंदा भुवन कार्कीले गरेको ओभरको पहिलो बलमा करन केसीले छक्का प्रहार गरेका थिए।

११ बलमा २७ रन आवस्यक रहेको अवस्थामा भुवन कार्कीले करन केसी र कुशल भुर्तेलको विकेट लगातार लिंदै सीवाईसीको जित सुनिस्चित पारेका थिए। अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक रहंदा कमल सिंह ऐरीले १३ रन खर्चिएका थिए।

बलिंगतर्फ अत्तरियाका भुवन कार्की (३-०-३५-३) र दिपेन्द्र रावत (४-०-२०-३) ले समान ३/३ विकेट लिँदा कप्तान दिपेन्द्र ऐरीले १ विकेट हात पारे।

सन्नी पटेलको विस्फोटक इनिंग र कोल्सवालाको अर्धशतक 

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४८ रनको योगफल तयार पारेको थियो।

उसका लागि चौथो विकेटको रुपमा जयकिशन कोल्सवाला र सन्नी पटेलले ४३ बलमा अविजित ६९ रनको आक्रामक साझेदारी गरेका थिए। कोल्सवालाले अविजित ५१ रन बनाउँदा ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै आक्रामक ब्याटिंग गरेका सन्नीले अविजित ६१ रन बनाउन ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

सन्नी पटेलले किशोर महतोले गरेको पारिको अन्तिम ओभरमा ३ छक्का र २ चौका हिर्काउँदै २४ रन बटुलेका थिए। सो ओभरको पहिलो बलमा असद उल्लाह खानले क्याच छुटाएपछि त्यसको फाइदा सन्नीले उठाएका थिए।

यसअघि कोल्सवालाले पहिलो विकेटको लागि जितेन्द्र ठकुरी (१३ रन) सँग मिलेर ५० रनको साझेदारी गरेका थिए त्यस्तै सन्दिप जोरा (३ रन) सँग ७ रन र कप्तान ऐरी (१० रन) सँग २२ रनको साझेदारी गरेका थिए।

बलिंगतर्फ सुशन भारी र संसाद शेखले १/१ विकेट लिएका थिए भने ऐरी रन आउट भएका थिए।

खेलमा सन्नी पटेल प्लेयर अफ द म्याच घोषित भए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]