– विकेटनेपाल, १४ चैत
नेपालमै पहिलो पटक सुपर ८ क्रिकेट प्रतियोगिता ‘खुकरी देबिबास सुपर-८’ भोलि देखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ।
कुल १२ टोलिले सहभागिता जनाउने प्रतियोगिता खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा संचालन हुन लागेको हो l प्रतियोगिता चैत १५ देखि १९ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुने छ l
प्रतियोगिताको खेल ७-७ ओभरको इनिंगमा हुनेछ भने एउटा टिममा ८ जना खेलाडी हुनेछन् l सामान्य क्रिकेट खेलमा छक्काको गणना हुने रन सुपर-८ क्रिकेटमा ८ रन हुने गर्छ l
प्रतियोगिताको बिजेता टोलिले १ लाख , उपविजेताले ५० हजार पाउनेछन् भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २०,००० तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले १०-१० हजार प्राप्त गर्नेछन् l
सहभागी १२ वटा टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ l दुवै समुहमा रहेका ६ वटा टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् l दुवै समुहबाट उत्कृस्ट हुने २ टोलि सेमीफाइनलमा प्रवेश गर्नेछ l
सहभागी टोलिहरु :-
समुह ‘ए’ : टिप टप , डीएभी , भीएम वारियर्स, एनएसजेएफ, स्टोर्म ब्राण्ड, टुडेज टेलिग्राम
समुह ‘बि’ : नेपाल पुलिस क्लब, एमआईएस , एलबिसीसी, टिकापुर क्रिकेट, नागार्जुन क्रिकेट क्लब, केबिएच नेपाल
समुह ‘बि’ : नेपाल पुलिस क्लब, एमआईएस , एलबिसीसी, टिकापुर क्रिकेट, नागार्जुन क्रिकेट क्लब, केबिएच नेपाल

