नेपालमै पहिलो पटक सुपर-८ क्रिकेट मंगलबार देखि

– विकेटनेपाल, १४ चैत 
 नेपालमै पहिलो पटक सुपर ८ क्रिकेट प्रतियोगिता ‘खुकरी देबिबास सुपर-८’ भोलि देखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

कुल १२ टोलिले सहभागिता जनाउने प्रतियोगिता खुकुरी इन्टरटनमेन्ट र देभिवास इभेनटस एण्ड मिडिया प्रालीको संयुक्त आयोजनामा संचालन हुन लागेको हो l प्रतियोगिता चैत १५ देखि १९ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संचालन हुने छ l

 

प्रतियोगिताको खेल ७-७ ओभरको इनिंगमा हुनेछ भने एउटा टिममा ८ जना खेलाडी हुनेछन् l सामान्य क्रिकेट खेलमा छक्काको गणना हुने रन सुपर-८ क्रिकेटमा ८ रन हुने गर्छ l

प्रतियोगिताको बिजेता टोलिले १ लाख , उपविजेताले ५० हजार पाउनेछन् भने प्रतियोगिताको उत्कृस्ट खेलाडीले रु. २०,००० तथा उत्कृस्ट ब्याट्सम्यान र बलरले १०-१० हजार प्राप्त गर्नेछन् l

सहभागी १२ वटा टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ l दुवै समुहमा रहेका ६ वटा टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् l दुवै समुहबाट उत्कृस्ट हुने २ टोलि सेमीफाइनलमा प्रवेश गर्नेछ l


सहभागी टोलिहरु :- 
समुह ‘ए’ : टिप टप , डीएभी , भीएम वारियर्स, एनएसजेएफ, स्टोर्म ब्राण्ड, टुडेज टेलिग्राम
समुह ‘बि’ : नेपाल पुलिस क्लब, एमआईएस , एलबिसीसी, टिकापुर क्रिकेट, नागार्जुन क्रिकेट क्लब, केबिएच नेपाल




थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]