सुरीको उत्कृस्ट अर्धशतक, युएईद्वारा नेपाललाई किर्तिमानी विशाल लक्ष्य

ओमानमा जारी चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपाल युएईसंग प्रतिस्पर्धा गरिरहेको छ।

अल अमिरात मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १९२ रन बनाउदै नेपाललाई १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा नेपाल बिरुद्ध कुनै पनि देशले बनाएको यो दोश्रो ठूलो योगफल हो भने युएईको नेपाल बिरुद्ध सर्वाधिक योगफल हो । यस अघि नेदरल्याण्डले नेपाल बिरुद्ध गत वर्ष २०९ रन बनाएको थियो।

युएईको लागि चिराग सुरीले सर्वाधिक ८४ रन बनाए जुन क्रममा अविजित रहेका उनले ५३ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। रोहन मुस्तफाले ३५ बलमा ५ चौका र २ छक्का मद्दतले ४९ रन बनाए। मुहम्मद वासिमले २२ तथा मोहम्मद बुताले १४ रन बनाए।

ओपनर मुहम्मद वासिमलाई तेश्रो ओभरमा शाहब आलमले क्याच आउट पारेपछि दोश्रो विकेटको लागि अर्का ओपनर चिराग सुरीले रोहन मुस्तफासंग ९७ रनको साझेदारी गरे। चौधौं ओभरमा मुस्तफालाई आरिफ सेखले स्टम्पिंग गराए। सुरीले बसिल हमिदसंग ३० रन जोडे। सत्रौं ओभरमा बुतालाई सन्दिपले बोल्ड गरे। चौंथो विकेटको लागि सुरी र मोहम्मद बुतासंग अविजित ४२ रनको साझेदारी गरे।

नेपालको बलिंगमा शाहब आलम ( २-०-३५-१ ), सन्दिप लामिछाने ( ४-०-२३-१ ) र आरीफ शेखले ( २-०-१७-१ ) समान एक विकेट लिए। २०१५ पछि टिममा पुनरागमन गरेका जितेन्द्र मुखिया विकेटविहिन ( ३-०-२५-० ) रहे। कमल सिंह ऐरीले ४ ओभरमा ४२ रन खर्चदा विकेटविहिन रहे।

खेलमा लोकेश बम डेब्यु गरिरहेका छन्। अविनाश बोहरा, करन केसी, कुशल भुर्तेल, सागर ढकाल र प्रदिप ऐरी आज बेन्चमा छन्। जितेन्द्र मुखिया, शाहब आलम र लोकेश बमले आज मौका पाएका हुन्।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]