टि-२० विश्वकपको सेमीफाइनल पुग्ने पहिलो टिम न्युजिल्यान्ड, लिटलको ह्याट्रिक खेर

आइसिसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा न्युजिल्याण्डले तेस्रो जित निकालेको छ ।

अस्ट्रेलियाको एडिलेटमा शुक्रबार आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले तेस्रो जित निकालेको हो ।यस जितसँगै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि पाउल स्ट्रर्लिङले सर्वाधिक ३७ रन जोडे । कप्तान एन्डी बलब्रिनीले ३० तथा जर्ज डोक्रेलले २३ रन बनाए । लोर्कान टुकर १३ र ग्यारेथ डिलानेले १० रन बनाए । न्युजिल्याण्डका लक्की फर्गुसनले ३ विकेट लिए । मिचेल स्टानर, टिम साउथी र इश सोधीले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै फिन ललनले ३२ तथा ड्रायल मिचेलले अविजित ३१ रन बनाए ।

डेभोन कोन्वेले २८ रन बनाउँदा ग्लेन फिलिप्सले १७ रन जोडे ।

आयरल्याण्डका जोस लिटलले ह्याट्रिक विकेट लिए । उनले १९ औँ ओभरको दोस्रो बलमा विलियम्सन, तेस्रो बलमा जेम्स निशम र चौथो बलमा मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।

ग्यारेथ डिलानेले २ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ५ खेलबाट ७ अङ्क जोडेको छ । न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ । आयरल्याण्ड ५ खेलमा ३ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]