टि-२० बिश्वकप छनौट खेल्ने प्रारम्भिक नेपाली टिमको घोषणा

  • विकेटनेपाल, कार्तिक १०- शुक्रबार 

थाईल्याण्डमा नोभेम्बर १८ ( मङ्सिर २ ) देखि संचालन हुने आईसीसी महिला टि-२० बिश्वकप ( एसिया रिजन ) प्रतियोगिताको लागि प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ।

गत १ बर्षको प्रदर्शनको आधारमा छनौट गरिएको ४४ जना खेलाडीहरुबाट कार्तिक ७ देखि १० गते सम्म त्रिभुवन बिश्वबिद्यालय मैदानमा खेलाईएको अभ्यास खेलको आधारमा प्रारम्भिक २२ सदस्यीय टिमको छनौट गरिएको हो । ४४ जनालाई ४ टिममा बिभाजन गरि अभ्यास खेलहरु खेलाईएको थियो ।

नेपाली टिम :- 

रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर, ज्योति पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, सोभा आले, नितु भण्डारी, अलिश क्षेत्री, कविता कुँवर, बिनु बुढामगर, सरस्वति चौधरी, लक्ष्मी चौधरी, ऋतु कनौजिया, संगीता राई, अन्जली चन्द, काजोल श्रेष्ठ, रेखा रावल, सबनम राई

प्रारम्भिक टिममा गत बर्ष एसीसी टि-२० प्रतियोगिता खेलेका अधिकांश अनुहार छन् । महिला टिमकि पुर्वकप्तान समेत रहेकी निरा राजोपाध्याय, रोशनी बोहरा, रश्मि शर्मा यो पालि अन्तिम २२ मा अटाएका छैनन् ।

गत थाईल्याण्डमा सम्पन्न एसीसी टि-२० मा पनि नेपाल जित बिहिन हुँदा अत्यन्त खराब प्रदर्शन गरेको थियो ।

नेपाली टिमको छनौट महिला टिमका प्रशिक्षक सामसन जंग थापा, कप्तान रुबिना क्षेत्री, पुरुष रास्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र आईसीसी प्रतिनिधि अमिनुल इस्लामले गरेका हुन् । छनौट भएका २२ जनाबाट करिब २ साता प्रशिक्षण पछि १४ सदस्यीय टोलिको घोषणा गरिनेछ।

नेपाल सहित आयोजक थाईल्याण्ड, हंगकंग, चिन र युएईले प्रतिस्पर्धा गर्ने प्रतियोगिता राउण्डरोबिन फर्म्याटमा खेलाईनेछ । प्रतियोगिताको बिजेता टिम नेदरल्याण्डमा २०१८ मा आयोजना हुने टि-२० बिश्वकप छनौट खेल्न पाउनेछ ।

नेपाली महिला टिमले अन्तिम पटक १ बर्ष अघि हंगकंगमा सम्पन्न महिला बिस्व कप छनौट ( एसिया ) प्रतियोगितामा दोश्रो स्थान हात पारेपछि बिश्वकप छनौट प्रतियोगितामा छनौट हुन असफल भएको थियो । त्यसलगत्तै थाईल्याण्डमा सम्पन्न एसीसी टि-२० मा पनि नेपाल जित बिहिन हुँदा अत्यन्त खराब प्रदर्शन गरेको थियो ।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]