विश्वकप ट्रफी नेपाल ल्याइने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अस्ट्रेलियामा यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप २०२२ को ट्रफीको विश्वभ्रमण गर्ने भएको छ। सोहि अनुरुप नेपालमा समेत ट्रफी ल्याइने भएको छ।

आईसीसीले टि-ट्वान्टी विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहेको अवसरमा ट्रफी विश्वका ३५ स्थानमा टुर गराइने घोषणा गरेको छ।

नेपालसंगै फिजी, फिनल्याण्ड, पपुवा न्यु गिनी, जर्मनी, घाना, इन्डोनेसिया, जापान, स्कटल्याण्ड, जापान, नामिबिया, नेपाल, सिंगापुर र भानुआटुमा ट्रफी टुर गरिनेछ। खेललाई बिभिन्न देशमा पुर्याउने उद्देश्यका साथ ट्रफी टुर गर्न लागिएको हो।

टुरको सुरुवात अस्ट्रेलियाको मेलबर्नबाट आज गरिएको छ जसको अन्त्य जिलोंगमा हुने टि-२० विश्वकप २०२२ को श्रीलंका र नामिबिया बीचको खेलमा गरिनेछ।

नेपालमा अगस्ट ३० र ३१ तारिखमा ट्रफी ल्याइनेछ। काठमाडौँको कुन स्थानमा ट्रफी ल्याइनेछ भने खुलेको छैन।

यस अघि सन् २०१९ एकदिवसीय विश्वकपको ट्रफी पनि काठमाडौँ ल्याइएको थियो। त्यसबेला ट्रफी काठमाडौं र पोखरामा लागिएको थियो। स्वयम्भु, चन्द्रागिरी, बसन्तपुर दरबार स्क्वायर र राष्ट्रपति समक्ष ट्रफी लागिएको थियो।

२०१८ मा एकदिवसीय विश्वकप ट्रफी नेपाल ल्याउदाको तस्विरहरु 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]