स्वदेश फर्किएपछि कप्तान रोहित भन्छन् ‘फुल मुम्बर टिमलाई हराउन सक्छौं भन्ने आत्मविश्वास बढ्यो’

जिम्बाव्वेमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रतियोगिताको सुपर सिक्स चरण पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौँ हुँदै घर फर्केको हो । समूह चरणमा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफमा नेपालले युएईलाई हराएको थियो भने सातौँ स्थानको लागि भएको खेलमा आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो।

स्वदेश फर्केपछि विमानस्थलमा पत्रकारसित कुरा गर्दै कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटमा सोचे अनुसारको नतिजा नआए पनि धेरै कुरा सिकेको बताए ।

एशोसिएटकै बलिया टिम र टेष्ट टिमसँग खेल्दाको अनुभव अबका प्रतियोगितामा उपयोग गर्ने उनले बताए । फुल मेम्बर टिमसँग खेल्न पायौँ भने हामीले पनि उनीहरूलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको पौडेलले बताए । खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरुबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ। नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको उहाँको भनाइ छ।

नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे। यद्यपि, उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ।

प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए। उनले  लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे।

नेपालले केही दिन आराम गरेपछि एसिसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानेछ। एशिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ। नेपालको समूह ‘बी’ मा युएई पनि छ। जुलाई १४ मा पाकिस्तानविरुद्धको खेलसँगै नेपालले इमर्जिंग एशिया कपको यात्रा थाल्नेछ। यद्यपि, उक्त खेलमा नेपाली टोलीका महत्त्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए। दुवै क्यानडामा २० जुलाई देखि सुरु हुने ग्लोबल टि-२० लिग खेल्न जाने कार्यक्रम छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]