को हुन् भारतीय टेस्ट टिमका नयाँ सदस्य पृथ्वी शा ?

  • विकेटनेपाल, भदौ ७ बिहिवार

भारत र इंग्ल्याण्ड बीच जारि टेस्ट शृंखला अन्तर्गत तेश्रो टेस्टमा जित पछि सिरिजमा भारत २-१ ले पछि छ। २ टेस्ट बाँकी रहंदा शृंखला कसले जित्ला भन्ने रोमान्चकता त छदैछ तर एउटा अर्को प्रसंग यति बेला अझ चर्चाको बिषय बनेको छ। सिरिजमा खेल्न बाँकी २ टेस्टको लागि भारतले टिमको नाम सार्वजनिक गर्दा १८ बर्ष २८६ दिन उमेर भएका पृथ्वी शालाई मुरली विजयको सट्टा टिममा स्थान दिईएपछि यति बेला पृथ्वीबारे सबैमा जिज्ञाशा जागेको छ। को हुन् पृथ्वी शा ?

सानैमा शोक  : ४ बर्षको उमेरमा आफ्नो आमालाई गुमाएका पृथ्वीलाई उनको पिताले क्रिकेट खेलको लागि सधै उत्साह दिने गर्थे। प्रत्येक दिन डेढ घण्टा ट्रेनमा यात्रा गर्दै उनका पिताले मुम्बई बान्द्रामा अभ्यासको लागि लैजाने गर्थे। उनको बुवाले छोराको क्रिकेटर बन्ने सपना पुरा गर्न आफ्नो ब्यबसाय सम्म बन्द गरेका थिए।

१४ बर्षकै उमेरमा धमाल  : सन् २०१३ को ह्यारिस सिल्ड इलाइट डिभिजन क्रिकेटको एकै इनिंगमा ५४६ रनको बिशाल इनिंग खेलेका पृथ्वी शा सन् १९०१ देखि कुनै पनि स्तरको क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए। उक्त रेकर्ड सन् २०१६ मा प्रनभ धनवाडेले तोड्ने क्रममा १००९ रन बनाएका थिए। सन् २०१२ मा उनलाई इंग्ल्याण्डमा २ महिना खेल्न निम्तो दिईएको थियो जहाँ उनले चेडल स्कुलको लागि खेल्दै पहिलो खेलमा शतक बनाए भने कुल ६८ विकेट लिएर आफ्नो क्षमताको कलिलै उमेरमा प्रदर्शन गरेका थिए।

Photo Credit – Mumbai Live

सचिन आदर्श, सचिनकै बाटोमा  : सचिन तेन्दुलकरलाई आफ्नो आदर्श मान्ने दायाँ हाते ब्याट्सम्यानको शारीरिक उचाई सचिनकै जति ५.५ फिट रहेको छ सचिनकै स्तरको खेलाडी हुने आंकलन समेत गर्न थालिएको छ।

सन् २०१७ मा १७ बर्षको उमेरमा भारतको घरेलु क्रिकेट दुलिप ट्रफीमा डेब्यु गरेका पृथ्वीले पहिलो खेलमै इन्डिया रेडको लागि खेल्दै १५४ रनको इनिंग खेल्दै सबैलाई अस्चार्यमा पारेका थिए र पहिलो खेलमै शतकको साथ सचिनको रेकर्ड बराबरी गरेका थिए। त्यति मात्रै हैन उनले रणजी ट्रफीको पनि पहिलो खेलमै शतक बनाएपछि त झन् उनि अर्को तेन्दुलकर हुने चर्चा भएको थियो। दुलिप र रणजी ट्रफीको डेब्युमा सचिनले पनि शतक प्रहार गरेका थिए।

आफ्नै कप्तानी यु-१९ बिश्वकपको उपाधि  : भारतलाई चौथो पटक यु-१९ बिश्वकपको उपाधि दिलाउने क्रममा शाले कप्तानी मात्रै हैन ब्याटिंगमा पनि उत्कृस्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा उनले ६ खेलको ५ इनिंगमा २६१ रन बनाएका थिए जुन क्रममा २ वटा अर्धशतक प्रहार गरेका थिए। ओपनिङ्ग ब्याटिंग गरेका उनले समुह चरणमा अस्ट्रेलियालाई पराजित गर्न ९४ रनको शानदार इनिंग खेलेका थिए। यस्तै क्वार्टरफाइनलमा बंगलादेशसंग ४० तथा सेमीफाइनलमा पाकिस्तानसंग ४१ रन बनाएका थिए।

आईपीएल यात्रा  : भारतलाई यु-१९ बिश्वकप जिताएपछि उनलाई आईपीएल टिम दिल्ली डेयर डेभिल्सले १.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो। आईपीएलमा उनले कोलकातासंग ६२ रन, राजस्थानसंग ४७ तथा हैदराबादसंग ६५ रनको इनिंग खेल्दै प्रभाव छोड्न सफल भएका थिए।

लगातार उत्कृस्ट प्रदर्शन : भारतको ए टिमको लागि खेल्ने क्रममा ‘शा’ ले यसै महिना वेस्ट इन्डिज ‘ए’ बिरुद्ध १८८ रन तथा दक्षिण अफ्रीका ‘ए’ संग १३६ रनको इनिंग खेलेका थिए। यस्तै गत महिना वेस्ट इन्डिज ‘ए’ संग लिस्ट ए मा समेत १०२ रन तथा लिसेस्टरसायरसंग १३२ रनको इनिंग खेलेका थिए। हालसम्म १४ वटा प्रथम श्रेणी खेल खेलेका उनले २६ इनिंगमा ५६.७२ को औशतले १८४९ रन बनाएका छन् जसमा ५ शतक र ७ अर्धशतक सामेल छ।

भारतले घोषणा गरेको बाँकी २ टेस्ट टिममा हनुमा बिहारी पनि अर्को नयाँ नाम रहेको छ। बिहारीले कुलदिप यादबलाई तथा शाले मुरली विजयको ठाउँ लिनेछन्। बिहारी प्रथम श्रेणी क्रिकेटमा उत्कृस्ट लयमा रहेका छन् जसले ६३ खेलको ९७ इनिंगमा ५९.७९ को औशतले ५१४२ रन बनाईसकेका छन्। वर्तमान प्रथम श्रेणी क्रिकेटमा बिश्वमै बिहारीको जति औशत अरु खेलाडीको छैन, उनि पछि अस्ट्रेलियन पुर्व कप्तान स्टिभ स्मिथको टेस्ट औशत दोश्रो बढी ५७.२७ रहेको छ।

तेश्रो र चौथों टेस्टको लागि घोषित भारतीय टिम :- बिराट कोहली ( कप्तान ), अजिंके रहाने, केएल  राहुल, शिखर धवन, पृथ्वी शा, चेतेश्वर पुजारा, हनुमा बिहारी, करुन नायर, दिनेश कार्तिक, रिशभ पन्त, हार्दिक पान्ड्या, आर आश्विन, रबिन्द्र जडेजा, उमेश यादब, इशान्त शर्मा, मोहम्मद शमि, जस्प्रित बुम्रा, शार्दुल ठाकुर





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]