T20WC : तेश्रो पटक कोहलीको विकेट लिंदै सोढीको कीर्तिमान

टि-२० विश्वकपको सुपर-१२ चरणमा न्युजिल्यान्डका लेग स्पिनर इश सोढीले भारतीय कप्तान बिराट कोहलीको विकेट लिंदै ठूलो कीर्तिमान आफ्नो नाम गरेका छन्। आफ्नो २९ औं जन्मदिन मनाइरहेका सोढीले १७ बलमा ९ रन बनाएका कोहलीलाई क्याच आउट पारे।

सोढीले टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा तेश्रो पटक बिराट कोहलीको विकेट लिएका हुन्। टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तिन पटक कुनै पनि बलरले यस अघि कोहलीलाई तिन पटक आउट गर्न सकेका थिएनन्। कोहली बिरुद्ध कीर्तिमान बनाउदै सोढीलेले जन्मदिनको विशेष उपहार पाएका हुन्।

 

View this post on Instagram

 

A post shared by ICC (@icc)


भारत बिरुद्ध अर्को ठूलो कीर्तिमान पनि सोढीको नाममा रहेको छ। उनि टि-२० अन्तर्राष्ट्रियमा भारत बिरुद्ध सर्वाधिक विकेट लिने बलर हुन्। खेलमा १७ रन खर्चेर कोहली र रोहित शर्माको विकेट लिएका उनले भारत बिरुद्ध १३ औं खेल खेल्दा विकेट संख्या १९ पुर्याएका छन्। सोढी पछि भारत बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट श्रीलंकाका दुश्मन्था चमिराको नाममा रहेको छ जसले १२ खेलमा १४ विकेट लिएका हँ। न्युजिल्यान्डका मिचेल स्यान्टनरले तेश्रो धेरै १२ विकेट लिएका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]