थाईल्याण्डको ठुलो अन्तरको जित, निराश बनायो महिला टिमले

Nepal womens cricket team

बराबरीको टिम मानिएको थाईल्याण्डलाई पनि चुनौती दिन नसकेपछि निराशाजनक नतिजा निकाल्दै नेपालले महिला एसिया कप प्रतियोगितामा बिहिबार लगातार चौथो हार बेहोर्यो l स्कोरकार्ड  , अंकतालिका 

थाईल्याण्डमा जारि प्रतियोगितामा आयोजक टिमसंग प्रतिस्पर्धा गर्नु अघि प्रतियोगिताको खराब प्रदर्शन भुलाउने नेपाली प्रयासले सार्थकता पाएन फलस्वरुप टस जित्नु बाहेक नेपाल अन्य सबै पक्षमा पछि पर्यो l यस अघि नेपालले पाकिस्तान, श्रीलंका, बंगलादेश संग ठुलो अन्तरको पराजय भोगीसकेको छ l

पहिले ब्याटिंग गरेको नेपालले राम्रो सुरुवात गर्यो l पहिलो विकेटको लागि ज्योति पाण्डे र सिता राना मगरले ३० रनको साझेदारी गरेपछि सकारात्मक हुने आशा गरिएको नेपाली इनिंग त्यसपछि तासको पत्ताझैं ढल्यो l ज्योति पाण्डे १६ रन बनाएर टिम योगफल ३० रन हुँदा पहिलो विकेटको रुपमा पेभेलियन फर्किएपछि थप ८ रन जोड्दा नेपाली टिमको ४ खेलाडी आउट भइसकेका थिए l अर्की ओपनर सिता राना मगरले ९ रन बनाइन् l

आठौ ओभरमा ३०/० को अवस्थाबाट चौधौ ओभरमा ३८/५ को खराब स्थितिमा पुगेको नेपाली टिम त्यसपछि पनि सम्हालिन सकेन l ओपनर पाण्डेले बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् र महत्वपूर्ण साझेदारी पनि बनाउन सकेनन् l इन्दु बर्मा १, नेरी थापा ७ , रश्मि चौलागाई १, काजोल श्रेष्ठ २, रुबिना क्षेत्री ८ रनमा पेभेलियन फर्किएपछि नेपालको तल्लो क्रमले पनि इज्जत जोगाउन सकेनन् l १९.५ ओभर ब्याटिंग गरे पनि नेपालले ६३ रन मात्रै जोडेर पुरै विकेट गुमायो l

नेपालको इनिंगमा मात्र ३ चौका थियो भने ज्योति पछि नेपालले पाएको ११ रन टिमको योगफलमा दोश्रो सर्बाधिक योगदान थियो l

अनुशासित बलिंग गरेको थाईल्याण्डको लागि सोरनारिन टिप्पोच र सुलीपोर्न लाओमीले २/२ विकेट हात परिन् l

फलस्वरुप ब्याटिंग गरेको थाईल्याण्डले ६४ रनको लक्ष सजिलै भेटायो l ओपनर नट्टाकन चान्टम र सिरिनट्राले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गरेपछि थाईल्याण्ड सफाज जित तर्फ उन्मुख भएको थियो l अफ स्पिनर सरिता मगरले कसिलो बलिंग गर्दै २ विकेट हात पारेपनि अन्य बलरहरुले विकेट लिन नसक्दा थाईल्याण्डले २ विकेटको नोक्सानीमा १६ ओभरमा खेल जित्यो l

चान्टमले २४ रन योगदान दिईन् भने प्लेयर अफ द म्याच चुनिएकि सिरिनट्राले अविजित २७ रनको योगदान दिईन् l

नेपालले भोलि प्रतियोगिताकै बलियो टोलि भारतको सामना गर्दैछ l अंक तालिकाको पुछारमा रहेको नेपाल र पहिलो स्थानमा रहेको भारत बीचको प्रतिस्पर्धामा नेपाली टिम सामु प्रतियोगितामा आफुलाई प्रमाणित गर्ने अन्तिम मौका हुनेछ l अंकतालिका 

सम्बन्धित : 





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]