टुंगियो नेपालको बिश्वकप यात्रा , १ विकेटले जित्यो थाईल्याण्ड

थाईल्याण्डलाई पराजित गर्दै महिला बिश्वकपको एसिया छनौटको खुड्को पार गर्ने नेपालको सपना १ विकेटको झिनो अन्तरको हारले टुंग्याईदिएको छ l

स्कोरकार्ड हेनुस ,  अंकतालिका हेर्नुस  

प्रतियोगिता जिते आगामी बर्ष बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउने सम्भावना प्रतियोगितामा तेश्रो हार संगै टुंगियो l पहिलो २ खेलमा हार पछि लगातार २ खेल जित्दै उपाधिको दाबेदार टिम बनेको नेपाललाई थाईल्याण्डले प्रतिस्पर्धात्मक खेलमा जितको स्वाद चाख्न दिएन l

सबै ४ टिमले ५/५ खेल खेल्दा १ खेल मात्र हारेको थाईल्याण्डले ८ अंक सहित शिर्ष स्थानमा रहँदै  उपाधि आफ्नो पक्षमा पार्ने निश्चित गरेको हो l हंगकंग, चिन र नेपालले २/२ खेल जित्दै ४ अंक बटुलेका छन् l अब भोलि हुने २ वटा खेलको नतिजाले थाईल्याण्डलाई उपाधि रक्षा गर्न रोक्नेछैन l

पाचौ खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले प्रतियोगितामा पहिलो पटक १०० रन माथिको योगफल खडा गर्यो l २० ओभरमा १०८/४ को स्कोर खडा गर्न पुर्ब कप्तान नेरी थापाले पुनः उत्कृस्ट ब्याटिंग गर्दै आक्रामक ३२ रन बनाइन् l २५ बलमा नेरीले ३ चौका र १ छक्का प्रहार गरिन् l यस्तै इन्दु बर्माले २६, निर्मला शाहीले २० रन योगदान दिईन् l ओपनर ज्योति पाण्डेले १३ तथा कप्तान रुबिना क्षेत्रीले १० रन योगदान दिईन् l

थाई बलर सुथिरुवांगले २ तथा लाओमिले १ विकेट हात पारिन् l

थाईल्याण्डले १ खेल बाँकी रहन्दी उपाधि हात पारेको छ
थाईल्याण्डले १ खेल बाँकी रहन्दी उपाधि हात पारेको छ

प्रतिउत्तरमा थाईल्याण्डले आक्रामक सुरुवात गर्यो l रुबिना क्षेत्रीले आफ्नो पहिलो ओभरमै १९ रन खर्चिनु थाईल्याण्डको जितमा महत्वपूर्ण योगदान रह्यो l ओपनर नट्टाकन चन्तमले ११ बलमा ३ चौका र १ छक्का मदतले २३ रन तथा अर्का ओपनर सिरिन्त्राले १६ रन बनाएर थाईल्याण्ड जितको आधार तयार गरे l

२९ रनको ओपनिंग साझेदारी पछि थाईल्याण्डले दोश्रो विकेट ५० रनको स्कोरमा गुमायो l त्यसपछि भने थाईल्याण्ड इनिंगलाई करुना भण्डारीले तहस-नहस पारिन् l आठौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएकि अफ स्पिनर भण्डारीले उक्त ओभरमा ३ थाई खेलाडीलाई पेभेलियनको बाटो देखाईन् l ५०/२ को स्थिति बाट थाईल्याण्ड ६२/७ को खराब स्थितिमा पुग्यो l

४ ओभरमा १५ रन खर्चेर ४ विकेट हात पारेपछि नाजुक स्थितमा पुगेको थाई इनिंगलाई सातौ नम्बरमा ब्याटिंग गर्न आएकि सुथिरुवांगले उकासिन् l खेलको उत्कृस्ट खेलाडी समेत चुनिएकि सुथिरुवांगले २ चौका र १ छक्का मदतले २५ बलमा २७ रन अविजित बनाएपछि १९ औ ओभरसम्म जित पछ्याएको नेपाली टिम निराश बन्नु पर्यो l

१८.४ ओभरमा ९ विकेट गुमाई थाईल्याण्डले लक्ष पछ्यायो र नेपालको बिश्वकप सम्भावना टुंग्यायो l

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ३.५ ओभरमा ३४ रन खर्चेर २ विकेट हात पारिन् भने सिता राना मगरले पनि २ विकेट ( २-०-१४-२ ) आफ्नो नाम गरिन् l

अब भोलि पहिलो खेलमा चिन र नेपाल तथा दोश्रोखेलमा हंगकंग र थाईल्याण्ड प्रतिस्पर्धा गर्नेछन् जसले अंकतालिका समीकरण पुरा गर्नेछ l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy