टुंगियो नेपालको बिश्वकप यात्रा , १ विकेटले जित्यो थाईल्याण्ड

थाईल्याण्डलाई पराजित गर्दै महिला बिश्वकपको एसिया छनौटको खुड्को पार गर्ने नेपालको सपना १ विकेटको झिनो अन्तरको हारले टुंग्याईदिएको छ l

स्कोरकार्ड हेनुस ,  अंकतालिका हेर्नुस  

प्रतियोगिता जिते आगामी बर्ष बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउने सम्भावना प्रतियोगितामा तेश्रो हार संगै टुंगियो l पहिलो २ खेलमा हार पछि लगातार २ खेल जित्दै उपाधिको दाबेदार टिम बनेको नेपाललाई थाईल्याण्डले प्रतिस्पर्धात्मक खेलमा जितको स्वाद चाख्न दिएन l

सबै ४ टिमले ५/५ खेल खेल्दा १ खेल मात्र हारेको थाईल्याण्डले ८ अंक सहित शिर्ष स्थानमा रहँदै  उपाधि आफ्नो पक्षमा पार्ने निश्चित गरेको हो l हंगकंग, चिन र नेपालले २/२ खेल जित्दै ४ अंक बटुलेका छन् l अब भोलि हुने २ वटा खेलको नतिजाले थाईल्याण्डलाई उपाधि रक्षा गर्न रोक्नेछैन l

पाचौ खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले प्रतियोगितामा पहिलो पटक १०० रन माथिको योगफल खडा गर्यो l २० ओभरमा १०८/४ को स्कोर खडा गर्न पुर्ब कप्तान नेरी थापाले पुनः उत्कृस्ट ब्याटिंग गर्दै आक्रामक ३२ रन बनाइन् l २५ बलमा नेरीले ३ चौका र १ छक्का प्रहार गरिन् l यस्तै इन्दु बर्माले २६, निर्मला शाहीले २० रन योगदान दिईन् l ओपनर ज्योति पाण्डेले १३ तथा कप्तान रुबिना क्षेत्रीले १० रन योगदान दिईन् l

थाई बलर सुथिरुवांगले २ तथा लाओमिले १ विकेट हात पारिन् l

थाईल्याण्डले १ खेल बाँकी रहन्दी उपाधि हात पारेको छ
थाईल्याण्डले १ खेल बाँकी रहन्दी उपाधि हात पारेको छ

प्रतिउत्तरमा थाईल्याण्डले आक्रामक सुरुवात गर्यो l रुबिना क्षेत्रीले आफ्नो पहिलो ओभरमै १९ रन खर्चिनु थाईल्याण्डको जितमा महत्वपूर्ण योगदान रह्यो l ओपनर नट्टाकन चन्तमले ११ बलमा ३ चौका र १ छक्का मदतले २३ रन तथा अर्का ओपनर सिरिन्त्राले १६ रन बनाएर थाईल्याण्ड जितको आधार तयार गरे l

२९ रनको ओपनिंग साझेदारी पछि थाईल्याण्डले दोश्रो विकेट ५० रनको स्कोरमा गुमायो l त्यसपछि भने थाईल्याण्ड इनिंगलाई करुना भण्डारीले तहस-नहस पारिन् l आठौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएकि अफ स्पिनर भण्डारीले उक्त ओभरमा ३ थाई खेलाडीलाई पेभेलियनको बाटो देखाईन् l ५०/२ को स्थिति बाट थाईल्याण्ड ६२/७ को खराब स्थितिमा पुग्यो l

४ ओभरमा १५ रन खर्चेर ४ विकेट हात पारेपछि नाजुक स्थितमा पुगेको थाई इनिंगलाई सातौ नम्बरमा ब्याटिंग गर्न आएकि सुथिरुवांगले उकासिन् l खेलको उत्कृस्ट खेलाडी समेत चुनिएकि सुथिरुवांगले २ चौका र १ छक्का मदतले २५ बलमा २७ रन अविजित बनाएपछि १९ औ ओभरसम्म जित पछ्याएको नेपाली टिम निराश बन्नु पर्यो l

१८.४ ओभरमा ९ विकेट गुमाई थाईल्याण्डले लक्ष पछ्यायो र नेपालको बिश्वकप सम्भावना टुंग्यायो l

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले ३.५ ओभरमा ३४ रन खर्चेर २ विकेट हात पारिन् भने सिता राना मगरले पनि २ विकेट ( २-०-१४-२ ) आफ्नो नाम गरिन् l

अब भोलि पहिलो खेलमा चिन र नेपाल तथा दोश्रोखेलमा हंगकंग र थाईल्याण्ड प्रतिस्पर्धा गर्नेछन् जसले अंकतालिका समीकरण पुरा गर्नेछ l

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]