नेपालको कमजोर प्रदर्शन कायमै

Saraswati Chaudhary , Sabnam Rai

महिला एसिया कप टि-२० अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा पनि पराजय बेहोरेको छ l बंगलादेशसंग मंगलबार ९२ रनको अन्तरले पराजित भएको नेपालले यसअघि पाकिस्तानसंग ९ विकेटले तथा श्रीलंकासंग ८ विकेटले हारिसकेको छ l

स्कोरकार्ड , अंकतालिका 

लगातार तेश्रो टेस्ट रास्ट्रको सामना गरेको नेपालले पुनः प्रतिस्पर्धात्मक खेल पस्कन सकेन l टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा १३३/४ को योगफल खडा गर्यो l प्रतिउत्तरमा नेपाल ४४ रनमै अलआउट हुनपुग्यो l

ओपनर निगार सुल्तानाले ३९ र संजिदा इश्लामले ३५ रनको योगदान दिएर पहिलो विकेटको लागि ७१ रनको साझेदारी गरेपछि बंगलादेशले ठुलो योगफल खडा गर्यो l संगीता राईले २ विकेट तथा रुबिना क्षेत्री र सरिता मगरले १/१ विकेट आफ्नो नाम गरिन् l

प्रतिउत्तरमा नेपालले खराब सुरुवात गर्दै पहिलो ५ विकेट २१ रनको स्कोरमै गुमायो l ओपनर ज्योति पाण्डे १, निरा राजोपाध्याय २, नेरी थापा ० , रोशनी बोहरा ० रनमै पेभेलियन फर्किए l ओपनर सिता राना मगरले ३ चौका मदतले सर्बाधिक १५ रन प्रहार गर्नु नेपालको लागि सर्बाधिक स्कोर बन्यो l इन्दु बर्माले ९,  रुबिना क्षेत्रीले ७ तथा संगीता राईले ४ रनको योगदान दिईन् l नेपालले १७.३ ओभरमा ४१ रन बनाउदै सम्पूर्ण विकेट गुमाउन पुग्यो l

बंगलादेश बलर फहिमा खातुनले प्लेयर अफ द म्याच हुँदा सर्बाधिक ४ विकेट तथा नहिदा अक्तेरले २ विकेट हात पारिन् l

नेपालले आफ्नो चौथो खेल बिहिबार थाईल्याण्ड संग खेल्नेछ l प्रतियोगिताको खेल तालिका हेर्नुस 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]