नेपालको कमजोर प्रदर्शन कायमै

महिला एसिया कप टि-२० अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा पनि पराजय बेहोरेको छ l बंगलादेशसंग मंगलबार ९२ रनको अन्तरले पराजित भएको नेपालले यसअघि पाकिस्तानसंग ९ विकेटले तथा श्रीलंकासंग ८ विकेटले हारिसकेको छ l

स्कोरकार्ड , अंकतालिका 

लगातार तेश्रो टेस्ट रास्ट्रको सामना गरेको नेपालले पुनः प्रतिस्पर्धात्मक खेल पस्कन सकेन l टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा १३३/४ को योगफल खडा गर्यो l प्रतिउत्तरमा नेपाल ४४ रनमै अलआउट हुनपुग्यो l

ओपनर निगार सुल्तानाले ३९ र संजिदा इश्लामले ३५ रनको योगदान दिएर पहिलो विकेटको लागि ७१ रनको साझेदारी गरेपछि बंगलादेशले ठुलो योगफल खडा गर्यो l संगीता राईले २ विकेट तथा रुबिना क्षेत्री र सरिता मगरले १/१ विकेट आफ्नो नाम गरिन् l

प्रतिउत्तरमा नेपालले खराब सुरुवात गर्दै पहिलो ५ विकेट २१ रनको स्कोरमै गुमायो l ओपनर ज्योति पाण्डे १, निरा राजोपाध्याय २, नेरी थापा ० , रोशनी बोहरा ० रनमै पेभेलियन फर्किए l ओपनर सिता राना मगरले ३ चौका मदतले सर्बाधिक १५ रन प्रहार गर्नु नेपालको लागि सर्बाधिक स्कोर बन्यो l इन्दु बर्माले ९,  रुबिना क्षेत्रीले ७ तथा संगीता राईले ४ रनको योगदान दिईन् l नेपालले १७.३ ओभरमा ४१ रन बनाउदै सम्पूर्ण विकेट गुमाउन पुग्यो l

बंगलादेश बलर फहिमा खातुनले प्लेयर अफ द म्याच हुँदा सर्बाधिक ४ विकेट तथा नहिदा अक्तेरले २ विकेट हात पारिन् l

नेपालले आफ्नो चौथो खेल बिहिबार थाईल्याण्ड संग खेल्नेछ l प्रतियोगिताको खेल तालिका हेर्नुस 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy