तिलोत्तमा प्रिमियर लिगको अक्सन भोली, पढ्नुस खेलाडीको मूल्य कति

  • विकेटनेपाल, भदौ २३

रुपन्देहीमा असोज २२ गतेदेखि ३१ गतेसम्म आयोजना हुन लागेको तिलोत्तमा प्रिमियर लिग टि-२० क्रिकेटको अक्सन भोलि शनिबार हुनेछ ।अक्सन बिहान १० बजेदेखि मणिग्राम पार्टी प्यालेस, मणिग्राममा हुनेछ ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको अक्सनमा करिब करिब २७० खेलाडीहरुले नाम दर्ता गराएको प्रतियोगिता आयोजनाका संयोजक दिपक भुर्तेलले विकेटनेपाललाई जानकारी दिनुभयो ।

“नेपालमै अक्सन प्रक्रियाद्वारा खेलाडी छनोट गरि आयोजना गर्न लागिएको चौथो प्रतियोगिताले रुपन्देही जिल्लामा रहेका अनुभवी खेलाडीहरुको अनुभव स्कुले बिद्यार्थीहरुले लिन सक्ने अवसर प्रदान गर्न लागिएकोले युवा खेलाडीको मनोबल उच्च रहनेछ” भुर्तेलले बताए ।

प्रतियोगितामा सहभागी ८ टोलिहरुबीच अक्सनमा खेलाडी छान्ने प्रतिस्पर्धा चल्ने छ जसमा क्षेत्रीय र रास्ट्रीय खेलाडीहरुको मूल्य रु १०,००० रहेको छ, यस्तै बिद्यार्थी खेलाडीहरुको मूल्य ३,००० रुपैयाँ, स्थानीय तथा जिल्ला खेलाडीहरुको ३,००० देखि ५,००० रुपैयाँ रहनेछ । प्रत्येक टिमका कप्तानहरुको मूल्य रु १५,००० तोकिएको छ । यस्तै एकै खेलाडीमा धेरै टिमहरुबीच प्रतिस्पर्धा भयो भने गोलाप्रथाद्वारा निर्णय गरिनेछ ।

रुपन्देहीको तिलोत्तमा -६, नयाँमिल स्थित नवजीवन क्लबको खेलमैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरु हुनेछन् । प्रतियोगितामा जिल्लाका स्कुल स्तरदेखि, क्षेत्रीय र रास्ट्रीय स्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएका छन् ।

सहभागी हुने ८ टिममध्ये गोलपार्क लायन्स टिमको कप्तानी रास्ट्रिय क्रिकेटर राहुल बिकले गर्नेछन् । एनएससिए टाईगर्सको कप्तान यु-१९ रास्ट्रिय क्रिकेटर रहीसकेका शंकर राना भने बम रक्सको कप्तानी अर्का यु-१९ रास्ट्रिय क्रिकेटर कृष्ण कार्कीले गर्नेछन् । अर्का यु-१९ रास्ट्रिय क्रिकेटर निर्मल थापा एससिसी स्टिकरको कप्तानी रहनेछन् । यस्तै बुटवल फाइटरको कप्तानी अमित श्रेष्ठ, ज्ञानोदय गोल्ड्सको कप्तानी निशान्त शर्मा, नुसी वारियरको कप्तानी मान बहादुर थापा तथा लुम्बिनी केएलको कप्तानी महेश मिश्रले गर्नेछन् ।

प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै उपविजेताले १ लाख प्राप्त गर्ने छन् । उत्कृस्ट खेलाडीले १५ हजार, उत्कृस्ट बलर र ब्याट्सम्यानले समान ७ हजार ५ सय प्राप्त गर्ने छन् । इमर्जिंग खेलाडीले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको बारेमा धेरै जान्न यँहा क्लिक गर्नुहोस |





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]