तिलोत्तमा प्रिमियर लिगको अक्सन भोली, पढ्नुस खेलाडीको मूल्य कति

  • विकेटनेपाल, भदौ २३

रुपन्देहीमा असोज २२ गतेदेखि ३१ गतेसम्म आयोजना हुन लागेको तिलोत्तमा प्रिमियर लिग टि-२० क्रिकेटको अक्सन भोलि शनिबार हुनेछ ।अक्सन बिहान १० बजेदेखि मणिग्राम पार्टी प्यालेस, मणिग्राममा हुनेछ ।

तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको अक्सनमा करिब करिब २७० खेलाडीहरुले नाम दर्ता गराएको प्रतियोगिता आयोजनाका संयोजक दिपक भुर्तेलले विकेटनेपाललाई जानकारी दिनुभयो ।

“नेपालमै अक्सन प्रक्रियाद्वारा खेलाडी छनोट गरि आयोजना गर्न लागिएको चौथो प्रतियोगिताले रुपन्देही जिल्लामा रहेका अनुभवी खेलाडीहरुको अनुभव स्कुले बिद्यार्थीहरुले लिन सक्ने अवसर प्रदान गर्न लागिएकोले युवा खेलाडीको मनोबल उच्च रहनेछ” भुर्तेलले बताए ।

प्रतियोगितामा सहभागी ८ टोलिहरुबीच अक्सनमा खेलाडी छान्ने प्रतिस्पर्धा चल्ने छ जसमा क्षेत्रीय र रास्ट्रीय खेलाडीहरुको मूल्य रु १०,००० रहेको छ, यस्तै बिद्यार्थी खेलाडीहरुको मूल्य ३,००० रुपैयाँ, स्थानीय तथा जिल्ला खेलाडीहरुको ३,००० देखि ५,००० रुपैयाँ रहनेछ । प्रत्येक टिमका कप्तानहरुको मूल्य रु १५,००० तोकिएको छ । यस्तै एकै खेलाडीमा धेरै टिमहरुबीच प्रतिस्पर्धा भयो भने गोलाप्रथाद्वारा निर्णय गरिनेछ ।

रुपन्देहीको तिलोत्तमा -६, नयाँमिल स्थित नवजीवन क्लबको खेलमैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरु हुनेछन् । प्रतियोगितामा जिल्लाका स्कुल स्तरदेखि, क्षेत्रीय र रास्ट्रीय स्तरका खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएका छन् ।

सहभागी हुने ८ टिममध्ये गोलपार्क लायन्स टिमको कप्तानी रास्ट्रिय क्रिकेटर राहुल बिकले गर्नेछन् । एनएससिए टाईगर्सको कप्तान यु-१९ रास्ट्रिय क्रिकेटर रहीसकेका शंकर राना भने बम रक्सको कप्तानी अर्का यु-१९ रास्ट्रिय क्रिकेटर कृष्ण कार्कीले गर्नेछन् । अर्का यु-१९ रास्ट्रिय क्रिकेटर निर्मल थापा एससिसी स्टिकरको कप्तानी रहनेछन् । यस्तै बुटवल फाइटरको कप्तानी अमित श्रेष्ठ, ज्ञानोदय गोल्ड्सको कप्तानी निशान्त शर्मा, नुसी वारियरको कप्तानी मान बहादुर थापा तथा लुम्बिनी केएलको कप्तानी महेश मिश्रले गर्नेछन् ।

प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै उपविजेताले १ लाख प्राप्त गर्ने छन् । उत्कृस्ट खेलाडीले १५ हजार, उत्कृस्ट बलर र ब्याट्सम्यानले समान ७ हजार ५ सय प्राप्त गर्ने छन् । इमर्जिंग खेलाडीले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको बारेमा धेरै जान्न यँहा क्लिक गर्नुहोस |

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy