नेपाल टस जितेर फिल्डिंग गर्दै, करन केसी बाहिर

घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज शुक्रबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ।

टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा नेपालले टस जितेर युएईलाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालले फास्ट बलर करन केसीलाई बाहिर राख्दै टप अर्डर देब्रे  ब्याट्सम्यान तथा अफ स्पिनर हरि शंकर शाहलाई मौका दिएको छ।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्र ऐरी, आसिफ शेख ( विकेटकिपर ) , सोमपाल कामि, अर्जुन साउद, गुल्सन झा, हरि शंकर शाह, कुशल भुर्तेल, ललित राजबंशी

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रूपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुवै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् । नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भूमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो ।

यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरी सिरिज जित्न चाहन्छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु भूमिमा पराजित गरी तीन खेलको सिरिज २-१ ले जितेको थियो ।

नेपाल र युएईबीचको यस खेल नवौँ खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]