सकियो टिपीएलको अक्सन, हेर्नुस कुन खेलाडी कतिमा बिक्रि भए ( पुरा सुची )

  • विकेटनेपाल, भदौ २४ – रुपन्देही 

रुपन्देहीमा असोज २२ गतेदेखि ३१ गतेसम्म आयोजना हुने तिलोत्तमा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको अक्सन सकिएको छ ।

मणिग्राम पार्टी प्यालेस, मणिग्राममा शनिबार आयोजित अक्सनमा सहभागी कुल २७० खेलाडीमध्ये ८ टिमले १४-१४ जना गरि कुल ११२ जना खेलाडी खरिद गरेका छन् । सहभागी ८ वटा टिमले अक्सनमा १४ खेलाडी खरिद गर्न एक लाख रुपैयाँ मात्र खर्च गर्न पाउने नियम थियो ।

२ सय ७० खेलाडी सहभागि रहेको अक्सनमा १०४ जना खेलाडिमा बोलि लागेको छ । अक्सनमा २४ जना खेलाडिहरु सबैभन्दा बढि १० हजारमा बिक्रि भएका छन । बिष्णु कठरिया, सन्दिप सुनार, पुरन बिक, कुशल भुर्तेल, सुमनराज पाण्डे, बिक्रम भुषाल, गणेश गौंडेल, सौरभ खनाल, निष्चल चौधरि, इकलाख अहमद, बिशाल खत्रि र लाल बहादुर अधिकारी १० हजारमा बिकेका हुन् ।

त्यस्तै १० हजारमै बिक्रि हुने अन्य खेलाडिहरुमा अजय कौसिला, सुरज दराई, दबेन्द्र सोमरे, जगत क्षेत्रि, बिशाल सुनार, मैनुद्धिन काजु, सुशान भारी, नुरध्वज सेन, साहव आलम, धिरज शाहि, विवेक शर्मा, हिमाल कालिराज रहेको खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए । त्यस्तै २ खेलाडि क्रमस ७ र ६ हजारमा बिक्रि भए भने ५ हजारमा बिक्रि हुने खेलाडीको संख्या ३९ रहेको छ । प्रतियोगितामा खल्ने अन्य खेलाडिहरु न्यूनतम ३ हजारमा बिक्रि भएका छन ।

बिद्यार्थी खेलाडीहरुको मूल्य ३,००० रुपैयाँ, स्थानीय तथा जिल्ला खेलाडीहरुको ३,००० देखि ५,००० रुपैयाँ रहेको थियो । रास्ट्रिय खेलाडीहरुको मूल्य ५,००० देखि १०,००० रुपैयाँ रहेको थियो ।

तिलोत्तमा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको बिजेताले प्राप्त गर्ने ट्रफी सार्बजिक गर्दै अक्सनको सुरुवात गरिएको थियो ।

ट्रफी सार्बजनिक गर्दै रुपन्देही क्यानका अध्यक्ष प्रशान्त मल्ल (पहेलो) र प्रतियोगिताका टेक्निकल संयोजक सुनिल ढुंगाना (फोटो: मनोज घिमिरे/ विकेटनेपाल)

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्यूतराज ढुंगानाको अध्यक्षता र क्यान रुपन्देहीका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न अक्सन कार्यक्रममा अन्तराष्ट्रिय कोच जंग बहादुर थापा, क्यानका पुर्ब केन्द्रिय सदस्य आशा गुरुङ्ग, राष्ट्रिय कोच शंकर राना, अन्तराष्ट्रिय खेलाडिद्धय राहुल बिक र शक्ति गौचन लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा सहभागि टिमहरुले १५ हजारमा आफ्नो टिम क्याप्टेन यसअघिनै छनोट गरिसकेका थिए । जस अन्तर्गत नुसि वारियर्सले मन बहादुर थापालाई क्याप्टेनको जिम्मा दिएको छ भने नेपाल अम्बुजा एन एस सि ए टाइगर्सले शंकर राना, फेन्टासि गोलपार्क लायन्सले राहुल बिक, फोर नेसन्स इन्टरनेशनल एससिसि स्ट्राइकर्सले निर्मल थापा, लुम्बिनी कासाई लायन्सले महेश मिश्रालाई क्याप्टेनको जिम्मेवारि दिएका छन् । त्यस्तै बुटवल फाइटर्सले अमित श्रेष्ठ, बुम रक्स् शिद्धार्थनगरले कृष्ण कार्की र ज्ञानोदय गोल्डसले निशान्त शर्मालाई क्याप्टेन छानेका छन् ।

 

शक्ति गौचन लुम्बिनी कासाई लायन्सको प्रतिनिधित्व गर्दै बोलि लगाएका थिए

असोज २२ गतेखेखि ३१ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै म्यान अफ द सिरिजलाई नगद १५ हजार ट्रफि, र प्रमाणपत्र, बेष्ट वलर र वेष्ट म्यानलाई ७ हजार ५ सय ट्रफि, र प्रमाणपत्र र ईमर्जिङ प्लेयसलाई ५ हजार सहित ट्रफि, र प्रमाणपत्रले पुरस्कृति गरिने आयोजकले जानकारी दिए । त्यस्तै २५ हजारको टिम फेयर प्ले अवार्ड रहेको प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारले पुरस्कृत गरिने बताईएको छ ।

प्रतियोगिता संचालन गर्नका लागि ३० लाख खर्च लाग्ने बताईएको छ । तिलोत्तमा ६ स्थित नम्बरमा रहेको जवजिवन युवा क्लवको खेल मैल मैदानमा प्रतियो्गिता हुनेछ । यस प्रतियोगिता रुपन्देही जिल्लाको मात्र नभई पुरै पश्चिमाञ्चलकै लागि पहिलो प्रयास भएको आयोजकको दाबी छ ।

अक्सनमार्फत छानिएका खेलाडीहरु

टिम नुसी वारियर्स
खेलाडीको नाम –  मूल्य (हजारमा)
मान बहादुर थापा (कप्तान) – १५
सन्दिप केसी – ३
सौरव भुर्तेल – ३
अनिल खत्री – ३
कुशल भुर्तेल – १०
म्रिनल गुरुङ – ७
कृष्ण पराजुली – ५
अनिल जैसवाल – ६
सागर शर्मा – ३
सुमन राज पाण्डे – १०
कृष्ण सेन – ५
बिक्रम कुमार  भुसाल – १०
गणेश गौडेल – १०
सौरभ खनाल – १०

टिम ज्ञानोदय गोल्ड्स
खेलाडीको नाम –  मूल्य (हजारमा)
निशान  रेग्मी (कप्तान) – १५
शिशिर भण्डारी – ३
बिपिन न्यौपाने – ३
माधब बस्नेत – ३
भुवन पाण्डे – ५
लाल बहादुर अधिकारी – १०
मनिष पौडेल – ५
अजय कौशिला – १०
अर्जुन बश्याल – ३
सुरज दरै – १०
देवेन्द्र सोमारे – १०
जगत छेत्री – १०
लक्ष्मण छेत्री – ५
सन्तोष छेत्री – ५

नेपाल अम्बुजा एनएससीए टाइगर्स
खेलाडीको नाम –  मूल्य (हजारमा)
शंकर राना (कप्तान) – १५
कुशल मल्ल – ३
अर्जुन गिरि – ३
सुशान्त थापा -३
आनन्द कुमार गौड – ३
निश्चल चौधरी – १०
इक्लाकु अहमद – १०
महेन्द्र सुबेदी -५
दामोदर बश्याल – ३
सरोज थापा – ३
बिबेक बिक – ५
बिशाल खत्री – १०
आकाश काफ्ले – ५
महेश राना – ५

क्रिकेटर कृष्ण कार्की, प्रशिक्षक जंगबहादुर थापा , प्रशान्त मल्ल लगायत बुम रकर्सको प्रतिनिधित्व गर्दै

लुम्बिनी कसाइ लायन्स
खेलाडीको नाम –  मूल्य (हजारमा)
महेश मिश्र (कप्तान) – १५
दिवस सेन्चुरी – ३
रमेश कुर्मी – ३
अमर मिश्र – ३
मोहम्मद हुसैन – ५
बिशाल सुनार – १०
प्रदीप टन्डन  -५
अहमद हुसैन -३
प्रदिप जैसवाल -३
राजु सनानी -५
मैनव्द्दीन काजु – १०
कृष्ण चौधरी – ५
बिबेक न्यौपाने – ५
बिबेक खत्री – ५

बुम रकर्स
खेलाडीको नाम –  मूल्य (हजारमा)
कृष्ण कार्की (कप्तान) – १५
राहुल चौहान – ३
रेहमान अलि -३
बिधान सुनार -३
प्रज्वल थापा -५
सिजन माकाजु -५
अनिल थापा -३
हरिश चन्द्र लोहनी  -३
प्रकाश केसी -१०
सन्तोष छेत्री -५
अनिल खरेल -५
सुशन भारि -१०
भिम बहादुर सुनार -५
तुल बहादुर थापा -५

फेन्टासी रमापिथेकस गोलपार्क
खेलाडीको नाम –  मूल्य (हजारमा)
राहुल बिक (कप्तान) – १५
सुभम थापा – ३
सुबाश बिक -३
अभिस्कार खड्का – ३
नुर्धोज सेन   -१०
शाह आलम १०
सरन रसाली – ५
हर्जीत सिंह -३
देव खनाल  -५
बिनोद रानापाल -५
राजेश  थापा   -५
कमल श्रेष्ठ -५
गोविन्द खत्री – ५
पुस्कर थापा – ५

बुटवल फाइटर
खेलाडीको नाम –  मूल्य (हजारमा)
अमित श्रेष्ठ (कप्तान) – १५
पोषण सुबेदी -३
दिपेन्द्र अर्याल -३
विजय न्यौपाने -३
नितेश थापा -३
धिरज शाही -१०
सागर खड्का -५
हिमाल पुन -३
इश्वर सिंह गुरुङ -५
युबराज सेन – ५
विवेक शर्मा -१०
हिमाल कलिराज -१०
प्रथम पराजुली -५
तौसिफ असलम -५

फोर नेसन्स इन्टरनेसनल इस्ट्राइकर्स
खेलाडीको नाम –  मूल्य (हजारमा)
निर्मल थापा (कप्तान) – १५
अनिश घिमिरे  -३
एन्जल भण्डारी -३
बेल बहादुर अधिकारी -३
अखिअर हुसैन -५
बिष्णु कट्टारिया -१०
सुशील गौचन -३
बिशाल भुसाल -५
सुमन श्रेष्ठ -५
सन्दिप सुनार  -१०
पुरण बिक -१०
सुनिल पौडेल -५
सरोज पौडेल -५
नरेश ठकुरी -५

आफुले किनेको खेलाडी कुनै कारणबस प्रतियोगितामा उपस्थित हुन नसकेमा टिमहरुले प्रतियोगिता सुरुहुनुभन्दा ३ दिन पहिलेनै लिखित जानकारी दिनुपर्ने र यदि प्रतियोगिता खेल्दाखेल्दै कुनै खेलाडी घाइते भएको अवस्थामा नाम दर्ता गराएका मध्येबाट छनोट गरिने छ ।

 

सम्बन्धित समाचार:

तिलोत्तमा प्रिमियर लिगको अक्सन भोलि, पढ्नुहोस खेलाडीको मूल्य कति

डीपीएल, ईपीएल, एमसीएल पछि अब “टिपीएल” पनि अक्सन आधारित





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]