टियु बिबिए कप : केसीएमआईटि र के एण्ड के विजयी

पब्लिक युथ क्याम्पसको आयोजनामा काठमाडौँमा जारि टियु बिबिए क्रिकेट कप क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा केसीएमआईटि र के एण्ड के कलेज विजयी भएका छन्।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौँ कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजी ( केसीएमआईटि ) ले पाटन मल्टिपल क्याम्पसलाई ५५ रनले पराजित गर्यो।

केसीएमआईटिले दिएको १५० रनको लक्ष्य पछ्याएको पाटनले ९४ रन मात्र बनायो। केसीएमआईटिका बलर सुबास सापकोटाले ३ तथा अमृत राजले २ विकेट लिए। पहिले ब्याटिंग गरेको केसीएमआईटिको लागि रोयल पन्तले ३० तथा अन्जेश कोइरालाले १८ रन योगदान दिए। पाटनका बलर निरञ्जन गिरिले ३ तथा शितल कुँवरले २ विकेट लिए।

दिनको दोश्रो खेलमा के एण्ड के कलेजले भक्तपुर मल्टिपल क्याम्पसलाई २० रनले पराजित गर्यो। के एण्ड केले दिएको १३९ रनको लक्ष्य पछ्याएको भक्तपुरले १०८ रन मात्र बनायो। ग्रिष्म घिमिरेले ५८ तथा आयुष पौडेलले ३१ रन बनाएता पनि जित्न पर्याप्त रहेन। के एण्ड केका बलर किरण उप्रेती र प्रशान्त चौधरीले ३/३ विकेट लिए।

के एण्ड केको ब्याटिंगमा प्रशान्त चौधरीले ३० तथा फुल्बबू मण्डलले २९ रन बनाएका थिए। भक्तपुरका बलर निरज कुशवाहाले ५ तथा स्मारक बिस्टले २ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]