ईपीएल सुरुवातको अघिल्लो दिन यस्तो देखियो टियु मैदान ( फोटो फिचर )

  • विकेटनेपाल, पुष २ 

एभरेस्ट प्रिमियर लिग – ईपिएल टि-२० प्रतियोगिता सोमबार देखि टियु क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपालकै ठुलो घरेलु प्रतियोगिताको लागि ईपीएल आयोजकले आइतबार साँझसम्म अन्तिम तयारी गरिरहेको छ।

बिभिन्न शहरका कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुने प्रतियोगिताको बिजेताले रु. २१ लाख पाउनेछ। काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीयटर्स, पोखरा राइनोज र चितवन टाइगर्स प्रतियोगितामा सहभागी टिमहरु हुन्।

उद्घाटन खेलको अघिल्लो दिन टियु मैदानमा पेभेलियन, भीआईपी, मिडिया, बाउन्ड्री लाइन, मैदानको थ्री डी बिज्ञापन म्याट, पिच लगायत पक्षहरुको अन्तिम चरणको कामहरु भइरहेको थियो। मैदानको पिच, सजावट तथा अन्य कामहरु गर्न भारतबाट बिशेष ब्यक्तिहरु आएका छ जसको उपस्थिति पिच, मैदान तथा अन्य कुराहरुमा देख्न सकिन्थ्यो।

मैदानमा राखिएको १६/९ फिटको एलईडी स्क्रिन

खेल हेर्न पुग्ने दर्शकहरुले मैदनमा दर्शकहरुले लाइभ डिजे, क्राउड रेजर, चियर लिडर्सको मजा लिन सक्ने आयोजकले बताएका छन्। मैदानमा खानपिन, टिकार काउन्टर,सफा ट्वाइलेट, व्यवस्थित पार्किंगको ब्यबस्था गर्ने समेत बताईएको छ। खेल हेर्न पुग्ने दर्शकहरुले प्रत्येक दिन सेलिब्रिटीहरुको उपस्थितिमा मनोरंजन प्रदान गर्ने तथा बिभिन्न पुरस्कारहरुको समेत ब्यबस्था गरिनेछ।

पिचको तयारीको लागि भारतबाट क्युरेटर बोलाइएको छ
पिचको तयारीको लागि भारतबाट क्युरेटर बोलाइएको छ

मैदानमा उपस्थित दर्शकहरुले यो पटक १६/९ फिटको एलईडी स्क्रिन मार्फत खेल हेर्न पाउनेछ जुन मैदानको उत्तरपुर्बी क्षेत्रमा राखिएको छ। ईपीएलको खेल हेर्न दर्शकहरुले आईएमईको जुनसुकै काउन्टरबाट तथा मैदानमै टिकट पाउनेछन्। विद्यार्थीको लागि रु. ५० तथा अन्यको लागि रु. १०० टिकट मूल्य राखिएको छ।

पेभेलियन र डगआउट निर्माण गरिंदै
भीआईपीको लागि ठाउँ

गत बर्षको एभरेस्ट प्रिमियर लिग जस्तो मैदानको हरियाली यो पटक देखिएको छैन। मैदान सजावट तथा बिज्ञापन होर्डिङ बोर्ड तथा अन्तिम चरणको कामहरु सकिएपछि मैदान केहि राम्रो भने देखिने अनुमान गर्न सकिन्छ।

मैदानमा विज्ञापन पन्ट गरिंदै

पुष ३ गते सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा सोमपाल कामि मार्की खेलाडी रहेको काठमाडौँ किंग्स एक्स-आई र ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको ललितपुर प्याट्रिएट्स बीच ११ बजे सुरु हुनेछ।

बाउन्ड्री रोप र होर्डिंग बोर्ड

सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने प्रतियोगिताको लिग चरणको खेल पुष ११ गते सकिनेछ जसपछि १३ गते पहिलो क्वालिफायर र इलिमिनेटर हुनेछ। पुष १३ गते दोश्रो क्वालिफायर हुनेछ। पुष १५ गते शनिबार फाइनल खेल आयोजना हुनेछ।

टियु मैदान यो पटक हरियो देखिनेछैन

दर्शक छिर्ने गेट
पेभेलियन छिर्ने गेट

भिडियो हेर्नुस – 

एभरेस्ट प्रिमियर लिग सम्बन्धित – 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]