- विकेटनेपाल- २२ चैत
स्पन्सर युनिभर्सिटी क्रिकेट कप प्रतियोगिताको पहिलो दिनको खेलमा त्रिभुवन युनिभर्सिटी र ग्लोबल कलेज बिजयी भएका छन् l
टियु क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा त्रिभुवन युनिभर्सिटीले नेपाल इन्जिनियरिङ कलेज ( बि ) लाई ९ विकेटले सहजै पराजित गर्यो l
टस जितेर ब्याटिंग रोजेको नेपाल इन्जिनियरिङ ( बि ) ले १६.३ ओभरमा सबै विकेट गुमाई मात्र ६८ रन मात्रै बनाउन सक्यो l इन्जिनियरिङका प्रन्शु जोशीले १४ तथा दिपेश दासले ११ रनको योगदान दिए l इन्जिनियरिङलाई सस्तोमा अलआउट गर्न टियुका बलर प्रदिप टन्डन एक्लैले ४ विकेट ( ४-०-१७-४ ) लिए भने राकेश कर्णले ३ विकेट ( २.३-०-७-३ ) विकेट हात पारे l
जवाफमा ६९ रनको लक्ष टियुले ७.२ ओभरमै पुरा गर्यो l ओपनर राकेश कर्णले ३५ रन बनाए भने अस्चल चौधरी र प्रदिप टन्डनले क्रमशः अविजित २२ र १० रन बनाए l खेलको म्यान अफ द म्याच प्रदिप टन्डन घोषित भए l

यस्तै दोश्रो खेलमा नेपाल इन्जिनियरिङ कलेज ( ए ) लाई ग्लोबल कलेजले १० विकेटले पराजित गर्यो l
टस जितेर ब्याटिंग गरेको इन्जिनियरिङले १४.४ ओभरमा सबै विकेट गुमाई ६१ रन मात्रै बनाउन सक्यो l बिक्रम गुरुङ ( ४-०-१९-३ ) र कनक बज्राचार्य ( ४-०-१४-३ ) ले ३/३ विकेट लिएपछि इन्जिनियरिङ धरासायी बन्यो l सुरज श्रेष्ठले २२ रननै इन्जिनियरिङ कलेजको लागि सर्बाधिक बन्यो l
६२ रनको लक्ष ग्लोबल कलेजले ५.४ ओभरमै पछ्यायो l म्यान अफ द म्याच घोषित ओपनर दिपेश चन्द एक्लैले अविजित ५२ रन ( २७ बल, ९ चौका, १ छक्का ) प्रहार गर्दै ग्लोबललाई सहज जित दिलाए l
प्रतियोगिताको उद्घाटन रास्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब बिस्टले गर्नु भएको थियो l कुल १६ टोलिले सहभागिता जनाएको प्रतियोगिता युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गरेको हो l २९ गते सम्म चल्ने प्रतियोगितालाई स्पन्सर स्पोर्ट्स ड्रिंकले प्रायोजन गरेको छ l
भोलिको खेल :
९ बजे : पाटन मल्टिपल क्याम्पस Vs निस्ट
१२:३० बजे : पाटन एकेडेमी अफ हेल्थ साइन्स Vs सहिद स्मारक कलेज