U19 Asia Cup : पहिलो दिन पाकिस्तान, भारत र श्रीलंका विजयी

युएईमा आज सुरु भएको अन्डर-१९ एसिया कप अन्तर्गत पहिलो दिन सम्पन्न खेलहरुमा पाकिस्तान, भारत र श्रीलंका विजयी भएका छन्।

समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा भारतले आयोजक युएईलाई १५४ रनले पराजित गर्यो। भारतले दिएको २८३ रनको लक्ष्य पछ्याएको युएईले १२८ रन मात्र बनाउन सक्यो। भारतको जितमा ब्याटिंगमा ओपनर हरनुर सिंहले सर्वाधिक १२० रन, कप्तान यश धुलले ६३ रन तथा राजवरधान हंगरगेकरले ४८ रन बनाए भने बलिंगतर्फ हंगरगेकरले ३ विकेट तथा गर्भ सांगवान , विकि ओस्टवाल र कौशल ताम्बेले समान दुई विकेट लिए।

दिनको समुह ‘ए’ अन्तर्गतकै दोश्रो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ४ विकेटले पराजित गर्यो। पहिलो ब्याटिंग गर्दै अफगानिस्तानले ५२ रन मात्र बनाउन सकेपछि पाकिस्तानले ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। पाकिस्तानको बलिंगमा एहमद खानले ३ तथा जिशान जमिर र अवेस अलिले समान दुई विकेट लिए। अफगानिस्तान बलर नुर एहमदले ३ तथा बिलाल सामीले २ विकेट लिए पनि जित्न पर्याप्त भएन।

दिनको समुह ‘बि’ अन्तर्गतको खेलमा श्रीलंकाले कुवेतलाई २७४ रनले पराजित गर्यो। श्रीलंकाले दिएको ३२४ रनको लक्ष्य पछ्याएको कुवेतले ४९ रन मात्र बनाउन सक्यो। श्रीलंकाको जितमा ब्याटिंगमा पवन पथीराजाले ८६, रनुदा सोमरथ्नेले ६०, चमिन्दु विक्रमासिंघे र शेभोन ड्यानियल ले समान ५४ रन बनाए भने बलिंगमा कप्तान दुनिथ वेलालागेले ४ विकेट, सदिशा राजापाक्षले ३ तथा मथिशा पाथीरानाले २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत नेपाल समुह ‘बि’ मा छ जुन समुहमा श्रीलंका, बंगलादेश र कुवेत छन्। नेपालले पहिलो खेल शुक्रबार ( डिसेम्बर २४ ) शारजाह क्रिकेट स्टेडियममा खेल्नेछ। खेल नेपाली समय ११:१५ बजे बिहान सुरु हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]