- विकेटनेपाल – १३ असोज, शनिवार
बंगलादेशमा शनिवारबाट १९ बर्ष मुनिको एसिया कप क्रिकेट सुरु भएको छ। आयोजक बंगलादेशसंगै नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, हंगकंग, युएई र श्रीलंका गरी ८ देशका यु-१९ टोलीले प्रतियोगितामा सहभागिता जनाउंदै छन्।
प्रतियोगितामा सहभागी ८ टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ जसमध्ये समुह ‘ए’ मा नेपाल, भारत, अफगानिस्तान र युएई रहेका छन् भने समुह ‘बि’ मा श्रीलंका, बंगलादेश, पाकिस्तान र हंगकंग रहेका छन् प्रतियोगितामा सहभागी ८ टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ जसमध्ये समुहमा एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछ।
पहिलो दिन सम्पन्न खेलहरुमा साविकको बिजेता अफगानिस्तानसंगै भारत, पाकिस्तान र श्रीलंकाले सहज जित हात पारेका छन्। आफ्नो पहिलो खेलमा युएई, नेपाल, हंगकंग र बंगलादेश भने सजिलै पराजित हुने पुगे।

आजको खेलमा कसले कस्तो प्रदर्शन गर्यो –
बंगलादेश बिरुद्ध श्रीलंकाको सहज जित
समुह ‘बि’ अन्तर्गतको खेलमा श्रीलंका यु-१९ को टोलीले आयोजक बंगलादेश यु-१९ बिरुद्ध ६ विकेटको सहज जित हात पार्यो। उसको जितमा नुवानिदु फर्नान्डोले उत्कृस्ट ब्याटिंग गर्दै ६४ रनको इनिंग खेले।
पहिले ब्याटिंग गरेको बंगलादेश यु-१९ को टोलीले ४६.४ ओभरमा सबै विकेट गुमाएर १४१ रन मात्र जोड्न सकेको थियो। कप्तान तोव्हिड ह्रिडोएले ३५, तन्जिद हसनले २४ रन बनाए। श्रीलंकाको बलिंगतर्फ दुलिथ वेल्लालागे, शशिका दुल्शन र कल्हरा सेनारथ्नेले समान २-२ विकेट लिएका थिए।
जवाफमा १४२ रनको लक्ष्य श्रीलंकाले ३७.५ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा नुवानिदु फर्नान्डोले सर्वाधिक ६४ रनको योगदान गरे। बंगलादेशको बलिंगमा शोरिफुल इस्लामले २ विकेट हात पारेपनि त्यो जितका लागि पर्याप्त भएन।
साविक बिजेता अफगानिस्तानको सुखद सुरुवात
समुह ‘ए’ अन्तर्गत खेलमा साविक बिजेता अफगानिस्तान यु-१९ ले युथ एसिया कप २०१८ मा संयुक्त अरब एमिरेट्स (युएई) यु-१९ लाई ५ विकेटले हराउंदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
टस हारेपछि पहिले ब्याटिंग गरेको युएईले ४३.५ ओभरमा १४० रन जोड्दा सबै विकेट गुमाएको थियो। युएईको इनिंगमा ब्रंडोन एडमले २५, अलि मिर्जाले २४ रन बनाए। अफगानिस्तानको बलिंगतर्फ क्वैस अहमदले सर्वाधिक ४ विकेट हात पारे।
जवाफमा १४१ रनको लक्ष्य अफगानिस्तानले २७ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा अज्म्तुल्लाहले अविजित ५० रन योगदान दिए।
पाकिस्तानसंग हंगकंग निरिह
समुह ‘बि’ अन्तर्गतको खेलमा टस जितेर बलिङ्ग रोज्दै पाकिस्तानले हंगकंगलाई ३३.४ ओभरमा ७७ रनको स्कोरमा समेट्दै ७८ रनको लक्ष्य १४.४ ओभरमै पुरा गर्यो र ९ विकेटको बिशाल जित दर्ता गर्यो।
हंगकंगको लागि हारुन अर्सदले सर्वाधिक ३६ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पाकिस्तानले दिएको १२ अतिरिक्त रन हंगकंगको योगफलमा दोश्रो ठुलो योगदान दियो। पाकिस्तान बलर नसिम शाहले ४ तथा मुहम्मद जुनैदले ३ विकेट लिए। लक्ष्य पछ्याउने क्रममा मोहम्मद मोहसिन खानले ३२ रन बनाए।
भारतसंग नेपाल कमजोर सावित
अघिल्लो बर्षको युथ एसिया कपमा भारतलाई पराजित गरेको इतिहास दोहोर्याउने चाहना सहित मैदान उत्रेको नेपाली युवा टिमले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा १७२ रनको पराजय बेहोर्यो।
टस जितेर नेपालले बलिङ्ग रोज्यो जसपछि भारतले ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गर्यो। भारतीय ओपनिङ्ग ब्याट्सम्यान यशस्भि जैसवालले सर्वाधिक १०४ रन तथा प्रभसिमरन सिंहले ८२ रन बनाए। कुनै बेला अझ बिशाल योगफलतर्फ लम्केको भारतलाई रोक्न नेपालको लागि अफस्पिनर भिम शार्कीले ४ विकेट लिए भने राशिद खानले २ विकेट लिए।
३०५ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १३३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ३६.४ ओभरमा सबै विकेट गुमाउदा माथिल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवात राम्रो पाए पनि ठुलो स्कोरमा बदल्न सकेनन्। रबिन्द्र शाही १६ , रभी शाह ११, आसिफ शेख २५, सन्दिप जोरा २० , रोहित पौडेल २४, भिम शार्की ६ तथा पवन सर्राफ ७ रन बनाएर आउट हुन पुगे।
भारतीय बलर सिद्धार्थ देसाई र हर्ष त्यागिले समान ३/३ विकेट हात पारे।
आगामी खेलहरु :-
सेप्टेम्बर ३० :- भारत Vs युएई , हंगकंग Vs श्रीलंका
अक्टोबर १ :- अफगानिस्तान Vs नेपाल, बंगलादेश Vs पाकिस्तान