सुभमको उत्कृस्ट बलिंग मदतले ग्रेट हिमालय क्वार्टरफाइनलमा

२०७४ भाद्र १९, सोमबार ००:००

  • विकेटनेपाल, १८ भदौ – सोमबार

प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेल जित्दै ग्रेट हिमालय क्रिकेट एकेडेमी ‘बी’ र मध्य पश्चिम क्रिकेट क्लब कोहलपुर क्वाटरफाईनलमा प्रबेश गरेका छन् ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको टुडिखेलमा संचालन भैरहेको प्रतियोगिताको सोमबार भएको पहिलो खेलमा क्यानन क्रिकेट क्लबले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमी ‘बी’ ले १९.२ ओभरमा अलआउट हुदै ७५ रन बनाएको थियो । हिमालयलाई सस्तैमा रोक्न क्याननका अन्सारीले ३ विकेट लिएका थिए ।

७६ रनको बिजय लक्ष्य पछ्याउदै मैदानमा उत्रेको क्याननले १४.२ ओभरमा ५६ रनमा समेटिदा उक्त खेल गुमाएको थियो । उसका लागि सन्दिप ठकुरीले सर्बाधिक २१ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । म्यान अफ द म्याच घोषित ग्रेट हिमालय ‘बी’ का सुभम गुप्ताले ३.२ ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिदै ५ विकेट लिएका थिए ।

यस्तै, सोमबारनै सम्पन्न भएको दास्रो खेलमा टिम टाईटन्स बुटवललाई ८ विकेटले पराजित गर्दै मध्य पश्चिम क्रिकेट क्लब कोहलपुर क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

मध्य पश्चिम क्रिकेट कोहलपुर टिम

टस जितेर पहिला व्यटिङ गरेको टिम टाईटन्स बुटवल १९.२ ओभरमा अलआउट हुदै ८१ रनमा समेटिएको थियो । उसलाई सस्तैमा समेट्न खेलको म्यान अफ द म्याच भएका मध्य पश्चिम क्रिकेट क्लब कोहोलपुरका नितेश बिष्टले ४ ओभरमा ११ रन खर्चिदै ४ विकेट लिन सफल भएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको मध्य पश्चिम क्रिकेट क्लब कोहोलपुरले ९ दशमलब ४ ओभरमा लक्ष्य भेट्टाएको थियो । कोहोलपुरका सम्सुद्धिन अन्सारीले सर्बाधिक ३७ रन र बिशाल खत्रीले ३४ रन बनाएका थिए ।

नितेश बिष्टले ४ ओभरमा ११ रन खर्चिदै ४ विकेट लिन सफल भएका थिए

१६ टिमले भाग लिएको प्रतियोगिता २४ गतेसम्म नकआउट आधारमा सञ्चालन भइरहेका छन् । यस अघि ओमेगा कलेज, केसीटिसी, सगरमाथा, हिमालयन क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी ए, वाई वाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी बी र मध्य पश्चिम क्रिकेट क्लब कोहोलपुर गरी ८ टिम क्वाटरफाईन प्रबेश गरेका छन् । भोली देखी क्वाटर फाईनलका खेल सुरु हुनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy