१ विकेटको रोमान्चक जितमा ओमेगा कलेज सेमीफाईनलमा

  • विकेटनेपाल, भदौ २०

प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा १ विकेटको रोमान्चक जित हात पार्दै ओमेगा कलेज सेमीफाइनलमा प्रवेश गरेको छ ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको टुडिखेलमा संचालन भैरहेको प्रतियोगिताको आजको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको  सगरमाथा क्रिकेट क्लबले निर्धारित २०ओभर खेल्दै ९ विकेटको क्षेतीमा ८४ रनमात्र बनाउन सक्यो । उसका लागि उपेन्द्र अधिकारीले सर्बाधिक २७ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिंगतर्फ ओमेगाका सानुबाबु शाहले ३ विकेट लिए ।

रिजन थापा

जवाफी ब्यटिङमा उत्रेको ओमेगा कलेजले १८.२ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । उसका लागि ओपनर ब्याट्सम्यान रिजन थापाले अविजित २८ रनको पारि खेल्दै टिमलाई सेमीफाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । बलिंगतर्फ सगरमाथाका आदित्य मेहताले ३ विकेट लिएपनि टिमलाई जित दिलाउन सकेनन् ।

उत्कृस्ट ब्याटिंग गरेका ओमेगाका रिजन थापा खेलको म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]