रोशनको उत्कृस्ट बलिंगमा हिमालय क्वार्टरफाइनलमा

  • विकेटनेपाल, १६ भदौ

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा संचालित गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप यु-१९ क्रिकेट प्रतियोगितामा शनिबार सम्पन्न खेलहरुमा सगरमाथा क्रिकेट क्लबले रामारोशन क्रिकेट एकेडेमीलाई तथा हिमालय क्रिकेट एकेडेमीले आयोजक नेक्सस क्रिकेट एकेडेमी पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत टुडिखेलमा सम्पन्न खेलमा आयोजक नेक्ससलाई ३९ रनले पराजित गर्दै हिमालय क्रिकेट एकेडेमी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिला ब्यटिङ गरेको हिमालयन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३१ रन जोडेको थियो । हिमालयनका पवन कार्कीले २१ र आयुस बलमे १९ रनको योगदान गरेका थिए । नेक्ससका मोबिन शर्माले ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट लिन सफल भएका थिए । जवाफी ब्याटिङ गरेको आयोजक नेक्ससले ९२ रनमा समेटिदा जीएचसिए ३९ रनले विजयी भएको हो । नेक्ससका सागर घिमिरेले २३ र पप्रियान्सु श्रेष्ठले २१ रन जोड्न सफल भए पनि अन्य ब्याट्सम्यान खासै नचले पछि नेक्सस पराजित भएको हो । हिमालयनका बलर रोशन अधिकारीले ३ ओभर बलिंग गर्दै १३ रन खर्चेर ४ विकेट लिएका थिए जो म्यान अफ द म्याच चुनिए ।

 

यस्तै, आजै सम्पन्न भएको पहिलो खेलमा सगरमाथाले आरसिएलाई ६४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिला व्यटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट ग’माउँदै १२९ रन जोड्न सफल भएको थियो । जवाफी ब्याटिंग गरेको आरसिए १९.५ ओभरमा सबै विकेट गुमाउदै ६५ रनमा समेटिएको थियो । उक्त खेलमा सगरमाथाका आयुष बानियाँ म्यान अफ द म्याच भएका थिए।

शुक्रबार देखि सुरु भएको १६ टिम सहभागी कआउट प्रतियोगिता २४ गतेसम्म सञ्चालन हुनेछ ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]